ब्लड प्रेसर नाप्दा हुनसक्छ यी गल्ती हुनुहोस् सावधान | Khabarhub Khabarhub

ब्लड प्रेसर नाप्दा हुनसक्छ यी गल्ती हुनुहोस् सावधान


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल अधिकांश मानिसमा रक्तचाप सम्बन्धी समस्या देखा पर्ने गरेको छ । अधिकांश मानिस उच्च रक्तचापको सिकार छन् भने केही न्यून मात्रामा न्यून रक्तचापका बिरामी पनि छन् । यस्तोमा आफूमा रक्तचापको स्तर कति छ भनेर जाँच्न नियमित यसको परीक्षण गर्ने गरिन्छ । तर रक्तचाप परीक्षणका बेला हुने केही असावधानीले सही रक्तचापको स्तर थाहा पाउन सकिँदैन । के हुन् ती असावधानीहरू ?

– रक्तचाप जाँच गर्दा बोल्नु हुँदैन ।

– हिँडडुल वा व्यायाम गर्ने बित्तिकै पनि रक्तचाप नाप्नु हुँदैन ।

– शरीर गलेको भए कम्तीमा पाँच मिनेट विश्रामपछि मात्र परीक्षण गर्नुपर्छ ।

– रक्तचाप परीक्षण गर्दा हातलाई टेबलमाथि सपोर्ट दिएर राख्नुपर्छ ।

– रक्तचाप नाप्दा पहिलो पटक दुवै हातमा नाप्नुपर्छ ।

– प्रेसर बढी भएको हातमा पुनः जाँच लिनुपर्छ ।

– परीक्षण गर्ने कोठाको वातावरण शान्त र तापक्रम आरामदायी हुनुपर्छ ।

– प्रेसर नाप्ने कम्तीमा ३० मिनेट अघिदेखि खाना, चिया, सुर्ती खाएको हुनु हुँदैन ।

– रक्तचाप जाँच गर्दा एउटा माथि अर्को खुट्टा खप्ट्याएर जाँच गर्नु हुँदैन ।

– रक्तचाप जाँच गर्दा लुगाको माथिबाट नाप्नु हुँदैन ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ६ : ३४ बजे

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ