राप्रपा महाधिवेशन : राजेन्द्र लिङ्देन बलियो बन्दै, प्रकाशचन्द्र लोहनीको समर्थन « Khabarhub

राप्रपा महाधिवेशन : राजेन्द्र लिङ्देन बलियो बन्दै, प्रकाशचन्द्र लोहनीको समर्थन


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई डा. प्रकाशचन्द्र लोहनीको समर्थन प्राप्त भएको छ ।

युवा नेताहरूको समर्थनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा लिङ्देनलाई लोहनीको समर्थन प्राप्त भएको हो । डा. लोहनीले मंगलबार सार्वजनिक कार्यक्रममार्फत लिङ्देनलाई समर्थन रहेको गर्ने तयारी गरेका छन् ।

‘मंगलबार मध्यान्ह १२ बजे डा. लोहनीले लिङ्देनलाई समर्थन रहेको घोषणा गर्दै छन्’, राप्रपा युवा नेता सुजित केसीले भने । यसका लागि जमलस्थित एलो प्यागोडा होटेलमा कार्यक्रम राखिएको उनले जानकारी दिए ।

हाल राप्रपामा कमल थापा, पशुपतिशमशेर जबरा र डा. लोहनी तीन जना नेतृत्वमा छन् । थापाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । तर, जबराले हालसम्म उम्मेदवारी घोषणा गरेका छैनन् । स्रोतका अनुसार जबराले पनि लिङ्देनलाई समर्थन जनाउने तयारीमा छन् । तर, उनी हालसम्म कुनै पक्षमा खुलिसकेका छैनन् ।

नयाँ नेतृत्व नआएमा राप्रपाको अस्तित्व सकिने अधिकांश युवा नेताहरूको बुझाइ छ । राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदै छ ।

भोलि बुधबार शुरू हुने राप्रपा महाधिवेशनमा हालसम्म थापा र लिङ्देनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा भएको छ । महाधिवेशनको अघिल्लो दिनसम्म उम्मेदवारी घोषणा नगरेका जबराले लिङ्देनलाई समर्थन गर्ने राप्रपा एक नेताको दाबी छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ११ : ४० बजे

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६