कांग्रेस बर्दिया सभापतिमा राठौर निर्वाचित « Khabarhub

कांग्रेस बर्दिया सभापतिमा राठौर निर्वाचित


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- नेपाली कांग्रेस बर्दियाको सभापतिमा अरुणप्रकाश सिंह राठौर निर्वाचित भएका छन् ।

प्रतिद्वन्द्वी भुवनेश्वर चौधरीलाई २०२ मतान्तरले पराजित गर्दै संस्थापन पक्षका राठौर सभापतिमा निर्वाचित भएका हुन् ।

राठौरले ८८० मत र चौधरीले ६७८ मत पाए । बर्दियामा एक हजार ५७८ मत खसेको थियो । सभापतिसहित सबैमा राठौरकै प्यानल निर्वाचित भएको छ ।

उपसभापतिमा सोदे विष्ट र गोविन्द प्रसाद थारू, सचिव मिनराज चौधरी र जग्गाप्रसाद पाण्डे तथा सहसचिवमा तिलकराम लम्साल र मेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।

राठौर संस्थापन समूहका हुन् । संस्थापनइतरका चौधरी लुम्बिनी प्रदेशका सांसद हुन् ।

 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १२ : ११ बजे

बालेनलाई बधाई दिँदै इरानी राष्ट्रपतिले भने- नेपालसँग सहकार्य विस्तार गर्न तयार छौँ

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई

शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले महिला सहभागितामा हालसम्मकै ऐतिहासिक

२०८२ मा सेयर बजार : १७१.५२ अंकले बढ्यो, आगामी वर्ष कस्तो रहला ?

काठमाडौं– वि.सं. २०८२ सालमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झण्डै २

इरानलाई हतियार दिएको आरोपमा चीनको आक्रामक प्रतिक्रिया

एजेन्सी– इरानलाई हतियार आपूर्ति गरेको आरोपलाई चीनले ठाडै अस्वीकार गर्दै

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर