नाइजेरियाको जेलमा आक्रमण, ११ जनाको मृत्यु, २५२ बन्दी फरार « Khabarhub

नाइजेरियाको जेलमा आक्रमण, ११ जनाको मृत्यु, २५२ बन्दी फरार


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ । सो आक्रमणमा परेर अरु कैयौँ घाइते भएका छन् ।

आक्रमणबाट २५२ जना बन्दीहरु भागेका बताइएको छ । अधिकारीहरुले आइतबार राति यहाँको जोस नामक सहरमा रहेको सो बन्दीगृहमा अज्ञात बन्दुकधारीहरुले हमला गरेका थिए ।

उक्त हमलामा परेर यहाँका ११ जनाको ज्यान गएको र अरु २५२ जना भाग्न सफल भएको बताइएको छ । नाइजेरियाको कारागार अधिकारीहरुकाअनुसार सो हमला कसले गर्‍यो भन्ने बारेमा केही खुल्न सकेको छैन । कैदीलाई भगाउने उद्देश्यले सो हमला गरेको हुनसक्ने अनुमान गरिएको छ ।

कारागार सम्बन्धी निकायका अधिकारीहरुले आक्रमणकारीहरुको खोजी जारी रहेको बताएका छन् । उनीहरुले जेलबाट भागेकाहरुको पनि खोजी प्रहरीले सुरु गरेको बताएका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १२ : ४४ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको