पाथीभरामा हेलिकोप्टरमार्फत दर्शन गर्न पुग्ने तीर्थयात्री बढे « Khabarhub

पाथीभरामा हेलिकोप्टरमार्फत दर्शन गर्न पुग्ने तीर्थयात्री बढे


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- माउन्टेन, कैलाश र सिम्रिक एयरका हेलिकोप्टरले तीर्थयात्री बोकेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान बिहान फन्को लगाउँदै आएको करिब तीन महिना भएको छ । धरान, इलाम, काठमाडौंदेखि प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्रीको संख्या बढेको छ ।

धरानको भेडेटारबाट दसैंयता ७० उडान (फ्लाइट) भएको छ । जसमा चार सय ५० जना तीर्थयात्री भेडेटारदेखि पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको धरान होलिडे ट्राभल एन्ड टुरका मार्केटिङ म्यानेजर पविन श्रेष्ठ बताए ।

बिहान बिहानै हेलिकोप्टरका आवाजले फुङ्लिङ बजारबासीको बिहान सबेरै उठ्ने बानी विकास हुँदै गएको ताप्लेजुङका स्थानीय चितेन लिम्बूले बताए ।

सदरमुकाम फुङलिङ, पॉचथर, धरान र धनकुटाको भेडेटारबाट पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्रीहरू रोसार आएको  पाभीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।

धरानबाट ३२ हजार रुपैयाँमा यात्रु उडाउने गरेको धरान होलिडे ट्राभल एन्ड टुर्सका मार्केटिङ म्यानेजर श्रेष्ठ बताए । यो वर्ष हेलिकाेप्टरमा चढेर पाथीभरा जाने यात्रुको संख्या उल्लेख्य भए पनि मौसमले साथ नदिएका कारण कम उडान भएको धरान होलिडे ट्राभल एन्ड टुर्सले जनाएको छ ।

यात्रुका हिसाबले एकपटकमा पॉचजना बोक्ने हेलिकोप्टरले धरानबाट एउटा उडानमा एक लाख ६० हजार रुपैयाँ आम्दानी गर्ने गरेका छन् ।

फुङलिङबाट १० हजार पॉचथरको फिदिमबाट २२ र इलामको कन्यामबाट ३५ हजार भाडा लिने गरेको मेवाखोला हिल रिसाेर्टका सञ्चालक सुरेश लिम्बूले बताए ।

काठमाडौँबाट सिधै आउने यात्रुको संख्या पनि उल्लेख्य रहेको पाथीभराका पुजारी डिल्ली आचार्यले बताए । तर  हेलिकोप्टरबाट कति संख्यामा तीर्थयात्री आए तथ्यांक राख्ने नगरेको क्षेत्र विकास समितिले जनाएको छ । ‘हामीले पैदल हिँडेर जानेको तथ्यांक राख्ने गरेका छौं, हेलिकोप्टरबाट आउनेको छैन’, काफ्लेले भने ।

दसैंको नौरथा सुरु भएको २१ असोजदेखि १४ मंसिरसम्म ५५ हजारभन्दा बढीले पाथीभरा दर्शन गरेको पाभीभरा क्षेत्र विकास समितिले जनाएको छ । दुई वर्षअघि चैतमा एकैदिन १७ हजारले दर्शन गरेको तथ्यांक पाथीभरा क्षेत्र विकास समितिसँग छ  ।

पाथीभरामा तीर्थयात्रीले चढाएको आठ करोड रुपैयाँ बैंक मौज्दात छ । पाथीभरा क्षेत्र विकास समितिमा (सरकारद्वारा गठित समिति) चालू आव २०७८को असार मसान्तसम्म तीन करोड २७ लाख ३० हजार सात सय ५८ रुपैयाँ बैंक मौज्दात छ ।

पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संम्बर्द्धन समितिमा (समुदायस्तरमा गठित समिति) तीन करोड ३३ लाख ३५ हजार दुई सय सात रुपैयाँ छ । सरकारी र समुदायस्तरबाट गठित दुवै समितिको खातामा गरी कुल आठ करोड भेटी संकलन बैंक मौज्दात रहेको क्षेत्र विकास समितिले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १ : २५ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल