ट्वीटर प्रमुख फेरिदा खुशी कंगना « Khabarhub

ट्वीटर प्रमुख फेरिदा खुशी कंगना


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– माइक्रोब्लगिङ वेबसाइट ट्वीटरका सहसंस्थापक ज्याक डोर्सीले सोमबार कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका छन् । अहिले कम्पनीले मुख्य प्रौद्योगिकी अधिकारी(सीटीओ) पराग अग्रवाललाई कम्पनीको नयाँ सिइओमा नियुक्त गरेको छ ।

यो खबरले बलिउडमा कोही खुशी छन् भने त्यो केवल कंगना नै हुन् । किनकी ज्याकको कार्यकालमा कंगनाको ट्वीटर प्रयोगमा प्रतिबन्ध लागेको थियो ।

ज्याकले राजीनामा दिएको खबर सार्वजनिक हुनासाथ उनले नयाँ सामाजिक सञ्जालमा एक पोस्ट गरेकी छन् । जुन पोस्ट निकै भाइरल भइरहेको छ । ‘बाइ बाइ काका ज्याक’ कंगनाले लेखेकी छन् । कंगनाका फ्यानले अब ट्वीटरमा कंगनाको कमब्याक हुनुपर्ने माग राखेका छन् ।

कंगना ती कलाकारमा पर्छिन्, जसको सामाजिक सञ्जालमा ठूलो संख्यामा फ्यान फलोइङ छन् । कंगनाले फिल्ममा आफ्नो सानदार अभिनयका कारण धेरै फ्यान कमाएकी छन् ।

ट्वीटरले प्रतिबन्ध लगाएपछि उनी आफ्नो इन्स्टाग्राम हेण्डलमा विचार साझा गर्छिन् । जुन विचार सामाजिक मुद्धामा केन्द्रीत हुन्छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १ : ५० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया