कांग्रेस महाधिवेशन : यी हुन् अछाम-१ बाट विजयी प्रतिनिधि | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशन : यी हुन् अछाम-१ बाट विजयी प्रतिनिधि


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सोमबार अछाम क्षेत्र नम्बर १ मा भएको मतदानको परिणाम सार्वजनिक भएको छ ।

महाधिवेशन प्रतिनिधिको खुलातर्फ सबैभन्दा बढी मत ल्याएर वर्तमान पार्टी सभापति भरतकुमार स्वाँर विजयी भएका छन् । उनले ४६१ मत प्राप्त गरेका छन् ।

दोस्रोमा नेविसंघ अछामका अध्यक्ष युवा नेता नृपबहादुर साउद ४५३ मत ल्याएर विजयी भएका छन् । उनले पूर्व मन्त्री गोविन्दबहादुर शाहलाई पछि पारेका हुन् । तेस्रो स्थानमा भने पूर्वमन्त्री शाह छन् । उनले ४३० मत प्राप्त गरेका छन् ।

पूर्व पार्टी सभापति मेघराज खड्काले चौथो नम्बरमा ४२८, पाचौँमा राजन कुवँरले ४१६, टिकाराम खनाल ३८८, भक्त ठकुल्ला ३६०, कृष्ण कुवँर ३४१, राजेन्द्रबहादुर शाह, ३३८ र राजेन्द्र कुवँरले ३०० मत प्राप्त गरेर विजयी भएका छन् ।

यस्तै, महिला खुल्लातर्फ सबैभन्दा बढी अनुराधा स्वाँरले ४६८, दोस्रोमा भुवनेश्वरी शर्मा ४२९, तेस्रोमा माया कुवँर ३७३ र चौथोमा लक्ष्मी शाहले ३४६ मत प्राप्त गरेर विजयी भएका छन् ।

खस आर्यतर्फ पुरुषमा सबैभन्दा बढी ४ सय ९ मत ल्याएर तपेन्द्र खड्का बिजयी भए । यस्तै, दोस्रोमा जयन्द्र बहादुर स्वाँर ३६४, तेस्रोमा पूर्व आईजिपी मोतिलाल बोहरा ३४१ र चौथोमा हर्षप्रसाद भट्ट १७९ मत ल्याएर विजयी भएका छन् ।

यस्तै, खस आर्य महिलातर्फ सबैभन्दा बढी ४१८ मत ल्याएर अप्सरा कुवँर विजयी भइन् भने दोस्रोमा भगवती खनाल ४०९ मत र तेश्रोमा मीरादेवी खड्का २९० मत ल्याएर विजयी भएका छन् ।

यस्तै, दलिततर्फ खुलामा सबैभन्दा बढी ४५४ मत ल्याएर अर्जुन ताम्राकार विजयी भए भने दोस्रोमा डम्बरबहादुर सुनार ३५३ मत ल्याएर विजयी भएका छन् । दलित महिलातर्फ रुपा आउजी ४१५ मत ल्याएर विजयी भएका छन् ।

६ मंसिरमा भएको निर्वाचनमा खसेको मतभन्दा बढी मतपत्र भेटिएपछि १३ मंसिरमा पुन: मतदान भएको हो । जम्मा ७६४ मतदातामध्ये ७१४ मत खसेको थियो । क्षेत्रीय कार्य समितिको मतगणना भइरहेको निर्वाचन समितिका जनकराज जोशीले बताए ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ३ : ११ बजे

मधेशका पाँचजना प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले मधेश प्रदेशसभाका पाँचजना सदस्यहरूलाई पदमुक्त नगर्न अल्पकालीन

९ अंकले बढ्यो नेप्से, ७६ वटा कम्पनीको सेयर मूल्य भने घट्यो

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.७८ अंकले घटेको छ

दोस्रो साताका परानको व्यापारमा उछाल, ग्रस कलेसक्न १० करोड नजिक

काठमाडौं – नीर शाह शीर्ष भूमिकामा रहेको फिल्म ‘परान’ले प्रदर्शनको

‘परान’, ‘जारी २’ र ‘मन बिनाको धन’ हेर्न ६ लाख दर्शक हलमा पुगे, व्यापार १७ करोड

काठमाडौं – कात्तिक १४ देखि २९ गतेको अवधिमा हलहरुमा दर्शकको

मृत्युदण्डको सजायसँगै हसिना र पूर्वगृहमन्त्री कमालको सबै सम्पत्ति जफत गर्न आदेश

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धका तीन अपराधमा मृत्युदण्डको