नेपाली र अमेरिकी सेनाको सँयुक्त सैन्य अभ्यास सम्पन्न « Khabarhub

नेपाली र अमेरिकी सेनाको सँयुक्त सैन्य अभ्यास सम्पन्न


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेना र अमेरिकी सेनाबीच भएको एक महिना लामो संयुक्त सैन्य अभ्यास मंगलबार सम्पन्न भएको छ । गत कात्तिक १५ गते सुरु भएको सो ‘टिक–नेल–२२’ नाम दिइएको सैन्य अभ्यासको मंगलबार नेपाली सेनाका बलाध्यक्ष सरोजप्रताप राणाले समापन गरेका छन् ।

छाउनीस्थित रेञ्जर गणमा विशेष कार्यक्रमको आयोजना गरेर संयुक्त सैन्य अभ्यासको समापन गरिएको हो ।

नेपाली सेनाको खोज तथा उद्धार कार्यमा सहभागी हुने फौजहरु मध्येबाट ४५ र अन्य निकायबाट ४ जना तथा अमेरिकी सेनाका १७ जना गरी ६६ जना सैनिकले काठमाडौँ, पोखरा र अन्नपुर्ण वेस क्याम्प क्षेत्रमा अभ्यास गरेका थिए ।

जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार जस्ता विषयहरुमा अभ्यास गरिएको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ५ : ५५ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान