म्यानचेस्टर सिटीलाई अग्रता, चेल्सी रोकियो « Khabarhub

म्यानचेस्टर सिटीलाई अग्रता, चेल्सी रोकियो


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई पराजित गर्दै इंग्लिस प्रिमियर लिग फुटबलमा आठ अंकको अग्रता बनाएको छ ।

बुधबार राति भ्रमणकारी टोली सिटीका लागि फिल फोडेनले १६ मिनेटमा निर्णायक गोल गरेपछि सिटीले १६ औं जित निकालेको हो । खेलको ८८ मिनेटमा सिटीका लोपार्टोले गोल गरेपनी भारले त्यसलाई मान्यता दिएन ।

गय राति नै भएको खेलमा चेल्सी ब्राइटनसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । रोमेलु लुकाकुले २८ मिनेटमा गोल गर्दै अग्रता बनाएपनी ब्राइटनका ड्यानी वेलब्याकले खेलको इन्जुरी समयमा गोल गर्दै हार टारे ।

जितसँगै सिटीले २० खेलबाट ५० अंक बनाएको छ । दोस्रो स्थानको चेल्सीको समान खेलबाट ४२ अंक छ । एक खेल कम खेलेको लिभरपुल ४१ अंक सहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  ७ : ३० बजे

मधेसमा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मधेसमा

सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस

मधेस पुगेर रवि-बालेन एकसाथ पलेटी

काठमाडौं– मधेस पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ

माओवादी छाडेका रहबर अन्सारी रास्वपातिर

काठमाडौं – नेकपा माओवादी परित्याग गरेका मधेस प्रदेशका पूर्व सांसद

जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : मेयर दाहाल

काठमाडौं– चितवन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफू जुनसुकै भूमिका