ल्होसार पर्वले राष्ट्रिय एकता प्रवर्द्धन गर्नेछ : राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना « Khabarhub

ल्होसार पर्वले राष्ट्रिय एकता प्रवर्द्धन गर्नेछ : राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तमु ल्होसार पर्वले सबै नेपालीका बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्ने बताएका छन् ।

तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा २६०६औँ तमु ल्होसारका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तमु ल्होसार जस्ता चाडपर्वको संरक्षण, प्रवर्द्धन र विकास गर्नु राज्यको दायित्व रहेको बताएका छन् ।

उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक रहेको भन्दै हाम्रो देशमा ठाउँ-समुदाय विशेषअनुसार फरकफरक भाषा, धर्म, संस्कृति, वेषभूषा रहेका छन् जुन हाम्रो पहिचान पनि भएको बताएका छन् ।

उनले तमु समुदायले पनि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र संवर्द्धन गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  ७ : ४२ बजे

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुर्पक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको