भेरी अस्पतालको क्वाटरमा एकै परिवारका चार जनाको मृत्यु, तीन जना बेहोस « Khabarhub

भेरी अस्पतालको क्वाटरमा एकै परिवारका चार जनाको मृत्यु, तीन जना बेहोस


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – बाँकेको नेपालगञ्जस्थित कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखा मेडिकल स्टोरको क्वार्टरमा निसास्सिएर चार जनाको मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका-१० मा रहेको भेरी अस्पतालमा कार्यरत कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका कालिकोट खाँडाचक्र नगरपालिका-६ का २४ वर्षीय धनप्रसाद भट्टराईसहित चार जना स्टोरको क्वार्टरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

भट्टराईको सात जनाको परिवार सुतेको थियो । सुतेकै ठाउँमा चार जना मृत भेटिएसँगै अन्य तीन जना बेहोस रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। बुधबार राति खाना खाएर सुतेका सातमध्ये चारजना मृत भेटिएका हुन् भने बेहोस रहेका तीन जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

२३ वर्षीय धनप्रसाद भट्टराई, उनका तीन महिने छोरा इप्सन भट्टराई, ४५ वर्षीया आमा कोपिला भट्टराई र २१ वर्षीय बहिनी नन्दकली भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सँगै सुतेकी धनप्रसादी २४ वर्षीया श्रीमती सुशीला भट्टराई, जेठो छोरा तीन वर्षीय दिवस भट्टराई र १८ वर्षीय भाइ नरेन्द्र भट्टराई भने बेहोस अवस्थामा भेटिएपछि उनीहरुलाई भेरी अस्पताल लगिएको एसपी श्यामकृष्ण अधिकारीले बताए ।

बुधबार देशभर वर्षा हुँदा चिसो बढेको थियो । राति कोइला बालेर सुतेकोले निसास्सिएर मृत्यु भएको हुन सक्ने एसपी अधिकारीले बताए ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  ११ : २५ बजे

भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर दुई जना बेपत्ता

काठमाडौँ- भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर दुई जना बेपत्ता

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन अमेरिकामा नेफ्टा अवार्ड : अध्यक्ष लामा

काठमाडौँ- अमेरिकाको टेक्सास राज्यस्थित डल्लासमा आयोजना हुने ११ औँ संस्करणको

नयाँ मुख्यमन्त्री नियुक्त गर्न सुदूरपश्चिम प्रदेश प्रमुख परामर्शमा, कांग्रेसको सरकार बन्नसक्ने

काठमाडौँ- सुदूरपश्चिम प्रदेशमा अर्को मुख्यमन्त्री नियुक्ति गर्ने विषयमा प्रदेश प्रमुख

माओवादी केन्द्रको केन्द्रीय समितिको भर्चुअल बैठक सुरु

काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको भर्चुअल बैठक सुरु भएको

सार्वजनिक यातायात सुधारका लागि भन्दै तीन मजदुर संगठन संयुक्त आन्दोलन गर्ने तयारीमा

काठमाडौँ- सार्वजनिक यातायात सुधारका लागि भन्दै यातायात क्षेत्रका श्रमिक सम्बद्ध