‘तारक मेहताका उल्टा चश्मा’ छोड्दै ‘जेठालाल’ « Khabarhub

‘तारक मेहताका उल्टा चश्मा’ छोड्दै ‘जेठालाल’


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– भारतीय टेलिभिजनको सुपरहिट कमेडी टेलिफिल्म ‘तारक मेहताका उल्टा चश्मा’ले सन् २००८ देखि दर्शकलाई मनोरञ्जन दिँदै आएको छ । यो लामो समयावधिमा यो टेलिफिल्ममा केही ठूला परिवर्तन पनि भए । यसमा केही कलाकारले प्रवेश गरे भने केहीले छोडे ।

टेलिफिल्मका प्रमुख कलाकार दिलीप जोशी अर्थात ‘जेठालाल’ ले टेलिफिल्मबाट बिदा लिने भएका छन् । केही समय अघि टेलिफिल्मकी अर्की प्रमुख कलाकार दयाबेनले पनि बिदा लिएकी थिइन् ।

हालै दिलीपले एक अन्तरवार्तामा टेलिफिल्म छोड्ने विषयमा कुराकानी गरेका थिए । ‘जुन दिन मलाई जेठालालको भूमिका निभाउन मजा आउदैन्, त्यही दिन म शो छोड्छु । म एक कमेडी शोमा काम गर्दैछु । तारक मेहताका उल्टा चश्माको हिस्सा बन्न पाउदा खुशी छु’, उनले भनेका छन् ।

उनले लामो समयदेखि आफूलाई अलग–अलग किसिमका टेलिभिजन शोको अफर आइरहेको खुलाए ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  २ : १६ बजे

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को

मधेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सिंहले लिए शपथ

महेन्द्रनगर– मधेस प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सुनिलरञ्जन सिंहले आज

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

एजेन्सी– पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा भारी वर्षा पछि

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर