डा केसीसँग प्रधानमन्त्री देउवाले गरे ९ बुँदे प्रतिबद्धता (सूचीसहित) | Khabarhub Khabarhub

डा केसीसँग प्रधानमन्त्री देउवाले गरे ९ बुँदे प्रतिबद्धता (सूचीसहित)


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले डा गोविन्द केसीको माग तत्काल सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिहीबार डा केसीसँगको छलफलका क्रममा प्रधानमन्त्री देउवाले सात बुँदे माग तत्काल सम्बोधन गर्ने ९ बुँदे प्रतिबद्धता व्यक्त गरेका हुन् ।

डा केसीका शिक्षा र स्वास्थ्य सम्बन्धी, बीपी प्रतिष्ठान सम्बन्धी, चोलेन्द्र प्रकरण र निर्मला कुर्मीको न्यायका लागी आन्दोलनरत अधिकारकर्मीको माग लगायतका सात बुँदा रहेका छन् ।

डा. केसीले प्रतिष्ठानको समस्या एकदुई दिनमा सल्ट्याइ निकास दिन मन्त्रीलाई निर्देशन दिने, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोगका लागि सत्ता गठबन्धनसँग थप छलफललाई निरन्तरता दिने, विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति सम्बन्धी मापदण्ड निर्धारण प्रतिवेदन अनुसारको कानुन तर्जुमा गर्नका लागि तिव्रता दिन सम्बन्धित मन्त्रीलाई निर्देशन दिनेलगायतका माग राखेका छन् ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  ८ : २८ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने