एसी मिलान शीर्ष स्थानमा यथावत « Khabarhub

एसी मिलान शीर्ष स्थानमा यथावत


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इटालियन सिरी ‘ए’ फुटबलमा बोलोग्नालाई पराजित गर्दै एसी मिलान शीर्ष स्थानमा यथावत रहेको छ ।

शनिबार राति भएको खेलमा मिलानले बोलोग्नालाई २-१ गोलले पराजित गरेको हो ।

बोलोग्नाको मैदानमा २६औँ मिनेटमा एन्टी रेबिकले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।

ज्लाटन इब्राहिमोविचको पेनाल्टी बोलोग्नाका गोलकिपरले रोकेपछिको रिबाउन्ड बलमा उनले गोल गरेका थिए ।

खेलको ५५औँ मिनेटमा फ्रान्क केस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८१औँ मिनेटमा बोलोग्नाका आन्द्रे पोलीले एक गोल फर्काएपनि मिलान २-१ ले विजयी भयो । जितसंगै मिलानले २० खेलमा ४६ अंक जोडेको छ ।  बोलोग्ना २० अंक जोडेर १३औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ८ : १० बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

आज २०८२ साल चैत १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ