नक्कली नेपाली नोटसहित दुई जना पक्राउ « Khabarhub

नक्कली नेपाली नोटसहित दुई जना पक्राउ


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- सशस्त्र प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली  नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ ।

लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित पक्राउ गरिएको हो ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पचुँइबाट सीमा गस्तीमा निस्केको सशस्त्र प्रहरी नायब निरीक्षक केशवबहादुर चन्दको कमाण्डमा रहेको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नक्कली नोट बनाउने कागज २०० , नक्कली नोट हजार दरको पाँच, मोबाइल फोन दुई थान, नगद रु १६०, मोटरसाइकलको लाइसेन्स, ब्लुबुक बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए ।

पक्राउ परेका दुवैलाई बरामद नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आवश्यक कारवाहीका लागि प्रहरीलाई बुझाएको छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  ८ : २५ बजे

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)

निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर