१० मिनेट चुइगम चपाउँदा १० करोड ब्याक्टेरिया नष्ट ! | Khabarhub Khabarhub

१० मिनेट चुइगम चपाउँदा १० करोड ब्याक्टेरिया नष्ट !


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल धेरै मानिसमा चुइगम चपाउने बानी हुन्छ । मुखको दुर्गन्ध हटाउन तथा मुखको तलतल मेटाउन चुइगम चपाउने गरिन्छ । तर चुइगम चपाउनु स्वस्थ्यकर हुन्छ त ?

बजारमा साधारण मुल्यमा पाइने चुइगम चपाउँदा यसले हाम्रो मुखमा भएका धेरै व्याक्टेरिया तथा रोगको संक्रमण गराउन सक्ने भाइरसलाई मार्दछ । कतिसम्म भने करिब १० मिनेट मात्र चुइगम चपाउँदा मुखमा भएको १० करोड ब्याक्टेरिया नष्ट हुन्छ ।

नेदरल्यान्डको युनिभर्सिटी अफ ग्रोनिजनका विशेषज्ञहरूले गरेको एक अनुसन्धान अनुसार चुइगममा मुखको ब्याक्टेरियालाई मुखको खाल्डो र टोड्कोबाट क्याभिटी हटाउने क्षमता हुन्छ । चुइगमलाई दश मिनेटसम्म मात्र चपाउँदा थुकमा हुने तथा मुख भित्रका १० करोड बढी व्याक्टेरिया नष्ट हुन्छन् ।

चुइगममा एक प्रकारको लिसो हुन्छ, जसले मुख भित्रका करौडौं व्याक्टेरियालाई चुइगममा टास्ने र सो चुइगम थुक्दा त्यसैमार्फत व्याक्टेरिया शरीरबाट बाहिरीने गर्दछन् । यतिमात्र होइन चुइगम चपाउँदा निलिने थुकबाट समेत मुखका व्याक्टेरिया पेटसम्म पुग्छन् र त्यहाको आद्रताले मर्ने गर्दछन् । तसर्थ चुइगम चपाउनु ब्रस गर्नु जतिकै लाभदायिक छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  १ : १२ बजे

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४