राजविराजमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न | Khabarhub Khabarhub

राजविराजमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको राजविराजस्थित भीमदल गणमा आज नेपाली सेनाको भूतपूर्व सैनिक सम्मेलन–२०७७ सहायक शिविर सम्पन्न भएको छ ।

प्राथमिक स्वास्थ्य सामग्री, मण्डी, सल, पि–क्याप र सैनिक कल्याणकारीको कार्यक्रम पुस्तिकाका साथै दैनिक तथा भ्रमण भत्ता वितरण गर्दै सहायक शिविर सम्पन्न भएको हो ।

सप्तरीमा बस्ने र सोही क्षेत्रको बैंकबाट पेन्सन बुझिरहेका भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिका साथै बहालवाला सैनिक तथा अन्य आमन्त्रित अतिथिको सम्मेलनमा सहभागिता थियो ।

सप्तरी जिल्लामा ३९० जना भूतपूर्व सैनिक र निवृत्तिभरणमा रहेका एकल महिला रहेका छन् । कोभिड–१९ का कारण स्वास्थ्य मापदण्ड पालना गर्दै राजविराजमा आज भएको भूतपूर्व सैनिक सम्मेलन सहायक शिविरमा १०० जना भूतपूर्व सैनिक र निवृत्तिभरणमा रहेका परिवारका सदस्यको उपस्थिति थियो । बाँकी २९० जनालाई बिहीबारदेखि मण्डी, सल, पि–क्याप, प्राथमिक स्वास्थ्य सामग्री, दैनिक तथा भ्रमण भत्ता वितरण गरिने योजना रहेको गणका सहसेनानी आर्जन रानाले बताए ।

सम्मेलनमा भूपू सैनिकका आवश्यकता पहिचान गरी नेपाली सेना कल्याणकारी बोर्डले सञ्चालन गर्ने विभिन्न योजना र कार्यक्रमको नीति तय गर्ने र उनीहरुको गुनासो, पिरमर्का, राय र सुझाव सङ्कलन गरी नीतिनिर्माण गरिने हुँदा सम्मेलन प्रभावकारी हुने गरेको गणपति प्रमुख सेनानी नीरज भण्डारीले बताए ।

सम्मेलनको मुख्य शिविर नारायणहिटी ब्यारेकमा भयो भने कोभिड–१९ का कारण स्वास्थ्य मापदण्ड पालना गर्दै राजविराजसहित विभिन्न गणमा सहायक शिविर सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । यस प्रकारको सम्मेलनले अवकाश प्राप्त सैनिकको अवकाशपछिको जीवनमा थप ऊर्जा र शक्ति प्रदान गर्नुका साथै समाजमा सम्मानित जीवनयापन गर्दै सेनाप्रति सकारात्मक सोचको विकास एवं राष्ट्रिय एकतामा टेवा दिन थप ऊर्जा तथा हौसला मिल्ने विश्वास नेपाली सेनाले लिएको छ ।

नेपाली सेनाले गरिरहेका विभिन्न काम, कारवाहीका बारेमा अवकाशप्राप्त सैनिकलाई जानकारी गराउने तथा भूतपूर्व सैनिक र उनीहरुका परिवारको हितका लागि भएका कार्यक्रमको जानकारी गराउने उद्देश्य साथ सम्मेलन गरिँदै आएको छ ।

नेपाली सेनाले गर्दै आएको भूतपूर्व सैनिक सम्मेलन केही समय रोकिएको थियो । विसं २०७० असोजमा नेपाली सेना कल्याणकारी बोर्ड गठन भएपश्चात् भूतपूर्व सैनिक सम्मेलनको निरन्तरता हुन थालेको हो ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ९ : २० बजे

सशस्त्र द्वन्द्वमा थोरै मान्छे मारिएको भनेपछि घेरिए बाबुराम, कार्यक्रमकै बीचमा मञ्च छाडेर हिँड्नुपर्‍यो

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राज्यपक्ष र तत्कालीन अवस्थाको सशस्त्र

सहकारी ठगी अभियोगमा एमाले नेता अर्याल पक्राउ, अदातलको आदेशअनुसार जेल पठाइँदै

काठमाडौं- सहकारी संस्थाबाट ऋण लिएर नतिरेपछि ठगी गरेको अभियोगमा नेकपा

युवा संघलाई कस्तो बनाउने ? यस्तो छ विनय शाहले कोरेको खाका

धनगढी- इन्जिनियर पढेका विनय शाहलाई अवसर र जागिरको कुनै कमी

हितेन्द्रले भने- लोडसेडिङको हल्लामा कुनै सत्यता छैन

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङको हल्लामा