अनैतिक सम्बन्ध राखेको आरोपमा असई र प्रहरी जवान निलम्बित « Khabarhub

अनैतिक सम्बन्ध राखेको आरोपमा असई र प्रहरी जवान निलम्बित


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीको इस्मा गाउँपालिकाका–१ स्थित मल्दी गाउँमा दुई महिलासँग अनैतिक सम्बन्ध राखेको आरोपमा नेपाल प्रहरीका असई र जवान दुई जना निलम्बनमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार स्थानीय हस्तीचौर प्रहरी चौकीका प्रमुख असई बिष्णु गाह र प्रहरी जवान वीरेन्द्र केसी निलम्बनमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार प्रहरी आचरण विपरित क्रियाकलाप गरेको पाइएकाले उनीहरुलाई निलम्बन गरिएको हो ।

डीएसपी पाण्डेले भने, ‘हामीले अहिले उनीहरुलाई निलम्बन गरेर घटनाको अनुसन्धान गरिरहेका छौँ, अनुसन्धानको म्याद ६ महिना सम्म पनि हुन सक्छ वा त्योभन्दा बढी पनि हुन सक्छ । त्यतिञ्जेल सम्म उनीहरुले आधा तलव पाउने गरि र रासन नपाउने गरि निलम्बन  गरिएको छ ।’

जेठ ७ गते राति  आपत्तिजनक अवस्थामा फेला परेको भन्दै स्थानीयले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । ​स्थानीयले सो क्रममा दुबै जनामाथि निर्घात कुटपिट समेत गरेका थिए ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ९ : ४० बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण