‘रेस्क्यू म्यूजिक अवार्ड’ विजेतालाई पाँच हजार रुपैंयाँ « Khabarhub

‘रेस्क्यू म्यूजिक अवार्ड’ विजेतालाई पाँच हजार रुपैंयाँ


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–रेस्क्यू क्रियशनले यसै वर्ष राजधानीमा आयोजना गर्न लागेको ‘रेस्क्यू म्युजिक अवार्ड २०७८’मा विजेतालाई नगदसहित अवार्ड प्रदान गरिने भएको छ । विगत एक दशकदेखि म्यूजिक भिडियो निर्माणमा सक्रिय क्रियशनले पहिलोपटक अवार्ड आयोजना गर्न लागेको हो ।

संस्थाका निर्देशक समन अधिकारीले प्रमुख १५ विधा र दुई मिडिया विधा गरी १७ विधामा प्रदान गरिने अवार्डमा विजेतालाई जनही ५ हजार रुपैंयाँ दिइने बताए । ‘स्रष्टाको मेहनतको कदर गर्न हामीले अवार्ड आयोजना गर्न लागेका हौं । त्यसकारण अवार्डसँगै थोरै भए पनि नगद दिन लागेका हौं’, अधिकारीले भने ।

आयोजकले १७ विधाअन्तर्गत विधागत नाम पनि सार्वजनिक गरेको छ । जसअनुसार ‘आउटस्टेण्डिङ लिरिसिस्ट (पप/मोडर्न/फिल्म)’, ‘आउटस्टेण्डिङ म्यूजिक कम्पोजर (पप/मोडर्न/फिल्म)’, ‘आउटस्टेण्डिङ म्यूजिक एरेञ्जर(पप/मोडर्न/फिल्म)’, ‘आउटस्टेण्डिङ मेल भोकल(पप/मोडर्न/फिल्म)’, ‘आउटस्टेण्डिङ फिमेल भोकल(पप/मोडर्न/फिल्म)’ छन् ।

त्यस्तै ‘आउटस्टेण्डिङ लोकदोहोरी भोकल(लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ लोकदोहोरी लिरिसिष्ट(लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ लोकदोहोरी मेलोडी(लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ मेल आर्टिष्ट (पप/मोडर्न/लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ फिमेल आर्टिष्ट (पप/मोडर्न/लोकदोहोरी)’ छन् ।

यसैगरी ‘आउटस्टेण्डिङ म्यूजिक भिडियो सिनेमाटोग्राफर(पप/मोडर्न/लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ म्यूजिक भिडियो एडिटर(पप/मोडर्न/लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ म्युजिक भिडियो कोरियोग्राफर(पप/मोडर्न/लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ म्यूजिक भिडियो डिरेक्टर(पप/मोडर्न/लोकदोहोरी)’, ‘आउटस्टेण्डिङ म्यूजिक भिडियो अफ द इयर(पप/मोडर्न/लोकदोहोरी)’ छन् । अवार्डमा ‘आउटस्टेण्डिङ होस्ट इन ए टक शो’ र ‘आउटस्टेण्डिङ होस्ट इन ए न्यूज एंकर’ विधा छन् ।

समनका अनुसार अवार्ड वर्षको अन्त्यमा नेपालको एक पाँचतारे होटलमा र अर्को वर्ष युरोपमा हुनेछ । ‘सबै विधा विदेशमा बस्ने नेपालीको नाममा हुनेछ । हामी लाइफटाइम अचिभमेन्ट अवार्ड देशबाहिर रहेर नेपाली संगीतमा योगदान पुर्‍याउनेलाई दिनेछौं’, समनले भने ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  १० : ३० बजे

मर्स्याङ्दी जलविद्युतको मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

तनहुँ– आँबुखैरेनी गाउँपालिका– ४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत्

अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौँ – पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष

पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज

ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग

कर्णाली – गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण

गोकुल बाँस्कोटाले नेकपा ‘कोल्याप्स’को कारण यसरी सम्झिए

काठमाडौं– नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पाँच