जनकपुरधाम- चोरी गरेको आरोपमा सिरहाका तीन जना प्रहरी निलम्बनमा परेको छ ।
इलाका प्रहरी कार्यालय लहानमा कार्यरत एक प्रहरी सहायक निरीक्षक र दुईजना प्रहरी जवान निलम्बनमा परेका हुन् ।
सिरहाका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माका अनुसार प्रहरी सहायक निरीक्षक नवल किशोर ठाकुर, प्रहरी जवान अन्नु कुमार राय र नरेश कुमार राय निलम्बनमा परेका छन् ।
गएको जेठ ९ गते गस्तिमा खटेको बेला उनीहरूले लहान नगरपालिका २३ गढीया चौकस्थित ‘पूजा मदिरा’ पसलबाट मदिरा चोरी गरेको आरोप लागेको थियो ।
मदिरा चोरी गरेको भिडियो सिसिटिभीमा कैद भएपछि सामाजिक सञ्जालमा भाइरल भएको थियो । प्रहरीको चौतर्फी आलोचना भएपछि उनीहरु विभागीय कारवाहीमा परेका हुन् ।
प्रहरी नायव उपरीक्षक तपन बहादुर सिंहको संयोजकत्वमा गठित चार सदस्य छानबीन समितिको सिफारिसका आधारमा उनीहरू कारबाहीमा परेका हुन् ।
प्रतिक्रिया