वृहत नागरिक समाजको पहलमा फ्रान्सबाट १० वटा अक्सिजन जेनेरेटर लाइँदै « Khabarhub

वृहत नागरिक समाजको पहलमा फ्रान्सबाट १० वटा अक्सिजन जेनेरेटर लाइँदै


१७ जेष्ठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ को महामारीले निम्त्याएको विकराल अक्सिजन संकटलाई मध्यनजर गरी बृहत नागरिक समाजको पहलमा फ्रान्सबाट १० वटा अक्सिजन जेनेरेटर युनिट ल्याउने तयारी गरिएको छ।

अमेरिकी नेपाल मेडिकल फाउण्डेशन, बतास फाउण्डेशन, क्रियसन, ह्युमानिटी फाउण्डेसन नेपाल, मिसन रिविल्ड नेपाल, जगदम्बा स्टील र स्याकार ट्रेडिङ कम्पनीको संयुक्त सहकार्यमा अक्सिजन जेनेरेटर ल्याउन लागिएको हो।

एउटा अक्सिजन जेनेरेटरले २४ घण्टामा १५ वटा ४७ लिटरको सिलिन्डर भर्ने र ५० वटा बेडमा सेवा दिन सक्छ। १० वटा अक्सिजन जेनेरेटरले एक मिनटमा ३७५ लिटर अक्सिजन उत्पादन गर्छन्। यसअनुसार १० वटा अक्सिजन जेनेरेटर युनिटले दिनमा ६५० संक्रमितलाई अक्सिजन दिन सक्छन्।

यी अक्सिजन जेनेरेटर युनिट सातै प्रदेशमा स्थापना गर्ने अक्सिजन फर नेपाल नामक वृहत नागरिक समाजले जनाएको छ। अक्सिजन फर नेपालमा स्वदेश र विदेशमा रहेका संघसंस्था र नागरिक आवद्ध छन्।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ४ : २१ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति