वृहत नागरिक समाजको पहलमा फ्रान्सबाट १० वटा अक्सिजन जेनेरेटर लाइँदै « Khabarhub

वृहत नागरिक समाजको पहलमा फ्रान्सबाट १० वटा अक्सिजन जेनेरेटर लाइँदै


१७ जेष्ठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ को महामारीले निम्त्याएको विकराल अक्सिजन संकटलाई मध्यनजर गरी बृहत नागरिक समाजको पहलमा फ्रान्सबाट १० वटा अक्सिजन जेनेरेटर युनिट ल्याउने तयारी गरिएको छ।

अमेरिकी नेपाल मेडिकल फाउण्डेशन, बतास फाउण्डेशन, क्रियसन, ह्युमानिटी फाउण्डेसन नेपाल, मिसन रिविल्ड नेपाल, जगदम्बा स्टील र स्याकार ट्रेडिङ कम्पनीको संयुक्त सहकार्यमा अक्सिजन जेनेरेटर ल्याउन लागिएको हो।

एउटा अक्सिजन जेनेरेटरले २४ घण्टामा १५ वटा ४७ लिटरको सिलिन्डर भर्ने र ५० वटा बेडमा सेवा दिन सक्छ। १० वटा अक्सिजन जेनेरेटरले एक मिनटमा ३७५ लिटर अक्सिजन उत्पादन गर्छन्। यसअनुसार १० वटा अक्सिजन जेनेरेटर युनिटले दिनमा ६५० संक्रमितलाई अक्सिजन दिन सक्छन्।

यी अक्सिजन जेनेरेटर युनिट सातै प्रदेशमा स्थापना गर्ने अक्सिजन फर नेपाल नामक वृहत नागरिक समाजले जनाएको छ। अक्सिजन फर नेपालमा स्वदेश र विदेशमा रहेका संघसंस्था र नागरिक आवद्ध छन्।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ४ : २१ बजे

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म