सेनाको महावीर रेञ्जर युद्धकार्य र पेशागत निरीक्षणमा सर्वोत्कृष्ट « Khabarhub

सेनाको महावीर रेञ्जर युद्धकार्य र पेशागत निरीक्षणमा सर्वोत्कृष्ट


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाको महावीर रेञ्जर रेजिमेन्ट युद्धकार्य र पेशागत निरीक्षणमा सर्वोत्कृष्ट भएको छ । सेनाले सञ्चालन गरेको युद्धकार्य र पेशागत निरीक्षणमा उक्त रेञ्जरले ७८.८६ प्रतिशत अंक ल्याएर प्रथम भएको हो ।

यस्तै, १६ नम्बर बाहिनी अड्डा ७७.८३ प्रतिशत ल्याएर द्वितीय र विशेष फौज बाहिनी ७६.०९ प्रतिशत ल्याएर तृतीय भएका छन् । यसैगरी क्रमशः नं १३ बाहिनी अड्डा चौथो, नं. १७ बाहिनी अड्डा पाँचौं, नं १५ बाहिनी अड्डा छैटौं, नं. १४ बाहिनी अड्डा सातौं भएका छन् ।

सेनाको वार्षिक निरीक्षण तथा अनुगमन कार्यक्रम ०७७/०७८ अनुसार पाँचवटा कम्ब्याट सपोर्ट बाहिनीहरु, विशेष फौज बाहिनी र रेञ्ज रेजिमेन्टको तालिममा सहभागिता थियो । चैत ९ देखि २० गतेसम्म उक्त तालिम सञ्चालन भएको र हाल नतिजा सार्वजनिक गरिएको सेनाले जनाएको छ ।

उक्त प्रतिस्पर्धामा प्रधानसेनापति कमाण्ड मार्ग निर्देशन–२०७५ तथा कमाण्ड प्रतिबद्धताको प्रगति विवरण, कार्य वेलफेयर, दण्ड सजाय तथा पुरस्कार सम्बन्धी नीति, इन्टिलिजेन्स, अपरेशन, बन्दोबस्ती, विपद् व्यवस्थापन, नीति निर्देशन तथा परिपत्रको कार्यान्वयनको अवस्था र आर्थिक व्यवस्थापन लगायतका विधाहरुको आधारमा मूल्यांकन गरिएको थियो ।

सैनिक प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलले प्रधानसेनापतिको कमाण्ड मार्गनिर्देशन अनुसार नियमित हुने यो तालिममा युद्धकार्यका साथै पेशागत निरीक्षणको मूल्याँकन अनुसार नतिजा प्रकाशन भएको जानकारी दिए ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ८ : ४५ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै