विश्वभर १७ करोड ८८ लाखले जिते कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वभर १७ करोड ८८ लाखले जिते कोरोना भाइरसको संक्रमण

अमेरिकामा फेरि बढ्न थालो संक्रमण


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर १७ करोड ८८ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

पछिल्लो २४ घण्टामा ३ लाख ८६ हजार ८५० जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या १७ करोड ८८ लाख ७९ हजार १३३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ लाख ३९ हजार १५७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या १९ करोड ७९ लाख ६३ हजार ५९६ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रीय संक्रिमतको संख्या १ करोड ४८ लाख ६१ हजार २१० छ । यसमध्ये ८७ हजार ४९७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर ९ हजार २४४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ४२ लाख २३ हजार २५३ पुगेको छ ।

अमेरिका फेरि बढ्दै संक्रमण

कोरोना भाइरसको खोप तीव्र पारेपछि अमेरिकामा कोरोना भाइरसको संक्रमण नियन्त्रणउन्मुख देखिएकोमा फेरि बढ्न थालेको छ ।

खोप भएपनि लगाउन नमान्ने तथा मास्क लगाउन छाड्नेहरुका कारण त्यहाँ नयाँ भेरियन्टसहितको संक्रमण फैलिन थालेको विज्ञहरुले जनाएका छन् ।

विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा ६ लाख २८ हजार ९३३ जनाको मृत्यु भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा ९९ हजार ७४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ५६ लाख ८८ हजारभन्दा धेरै पुगेको छ ।

यसैगरी ब्राजिलमा ५ लाख ५५ हजार ५१२ जना, भारतमा ४ लाख २३ हजार ८४२ जना, रूसमा १ लाख ५७ हजार ७७१ जना, बेलायतमा १ लाख २९ हजार ५८३ जना, फ्रान्समा १ लाख ११ हजार ८२४ जना, इटालीमा १ लाख २८ हजार ४७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ७ : ४१ बजे

प्रतिनिधिसभा निर्वाचन : सुदूरपश्चिममा सात हजारभन्दा बढी प्रहरी परिचालन हुने

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिममा

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको