टोकियो ओलम्पिक : आज चीनको प्रभाव घट्ने सम्भावना | Khabarhub Khabarhub

टोकियो ओलम्पिक : आज चीनको प्रभाव घट्ने सम्भावना


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियो ओलम्पिकमा आज शनिबार पनि एथ्लेटिक्स र पौडीकै स्पर्धा हुनेछन् ।

शुक्रबार पछाडि धकेलिएको अमेरिकालाई  यो स्पर्धाले पनि उकास्ने छैन । एथ्लेटिक्समा स्वर्ण पदकको दाबेदार मानिएको मिश्रित ४ गुण ४ सय मिटर रिलेमा अमेरिका शुक्रबार डिस्क्वालिफाइड भएको छ । सय मिटर फ्री स्टाइलमा स्वर्ण पदक जित्ने अनुमान गरिएकी साकारी रिचर्डसन डोपिङमा परेका कारण जमैकाका स्प्रिन्ट  क्वीन  सानी अल फ्रेजियरले स्वर्ण पदक जित्ने सम्भावना प्रबल रहेको छ ।

पुरुषको डिस्कस थ्रोमा स्विडेन बलियो दाबेदार मानिएका छन् ।

पौडीको महिला दुई सय मिटर ब्याकस्ट्रोकमा अस्ट्रलियाकी केली म्याककोनले स्वर्ण पदक जित्ने निश्चित मानिएको छ ।

पुरुष सय मिटर बटरफ्लाइमा केलेब ड्रेसल स्वर्ण पदकका दाबेदार रहेका छन् । यस स्पर्धामा हङ्गेरीका क्रिस्टोफर मिलाकले ड्रेसेलको कडा  चुनौती रहने छन् ।

महिला ८ सय मिटर फ्री स्टाइलमा ४ सय मिटर फ्री स्टाइलकी विजेता अस्ट्रेलियाकी एरियन टिटमसले १५ सय की विजेता केट्टी लेडेकीलाई कडा चुनौती दिने र यो हेर्न लायक रेस हुन अपेक्षा गरिएको छ । सोही स्पर्धामा अमेरिकाकी १६ वर्षीया केटी ग्रिम्सले गर्ने प्रदर्शन पनि हेर्न लायकको हुनेछ ।

पहिलो पटक समावेश मिक्स मेड्लीमा अमेरिकाका पुरुष ब्रेस्टस्टोक र महिला फ्री स्टाइलमा पौडीबाज खराब लयमा रहेपछि बेलायत स्वर्ण पदकको दाबेदारको रूपमा रहेको  छ । अनपेक्षित प्रदर्शन गरिरहेको चीन र अस्ट्रेलियाले पनि चुनौती दिने छन् ।

आर्चरीमा पुरुष एकलको फाइनल हुन छ  । सो स्पर्धामा दक्षिण कोरिया स्वर्ण पदकको दाबेदार मानिएको छ ।

ब्याडमिन्टनको पुरुष युगलको फाइनल स्पर्धा हुनेछ । फाइनलमा चिनियाँ जोडी र चाइनिज ताइपेईको जोडीका बीच खेल हुनेछ ।

फेन्सिङको महिला  टिम साब्रेको पदकको  टुङ्गो  लाग्नेछ । जुडोको मिश्रित टिमको फाइनल खेल हुँदै छ । आयोजक जापान यसको मुख्य दाबेदार रहेको छ ।

महिला रग्बीको  सेमिफाइनल र फाइनल हुनेछ  । सेमिफाइनलमा न्यु जिल्यान्ड र फिजी तथा बेलायत र फ्रान्सका बीचमा खेल हुनेछ ।

सेलिङको महिला र पुरुष विन्ड रफको पदक टुङ्गो लाग्नेछ ।

सुटिङमा मिश्रित  ट्यापको पदकको टुङ्गो लाग्ने छ । साथमा ५० मिटर थ्री पोजिसन राइफलको पनि  पदकको टुङ्गो  लाग्नेछ ।

टेनिसको  महिला एकलको पदकको  टुङ्गो लाग्नेछ । चेक गणतन्त्रकी भान्डोरुसा मार्केटा र स्विट्जरल्यान्डकी बेनकिक बेल्डिनाको बीचमा खेल हुनेछ ।

ट्रयपलोइन  जिम्न्यास्टिकको पुरुष स्पर्धाको पदकको टुङ्गो लाग्नेछ । यस स्पर्धामा चीन  उपाधिको  दाबेदार मानिएको छ ।

ट्रायथलनको मिक्स रिले पनि शनिबार आयोजना  हुनेछ । भारोत्तोलनको पुरुष ८१ र ९६  किलो तौल समूहको फाइनल हुनेछ । यी स्पर्धामा चीन बलियो मानिएको छ ।

शनिबार पनि चीनले अमेरिका स्वर्ण पदकमा अझ पछि छाड्ने अनुमान गरिएको छ । यस पछि भारोत्तोलनका तीन स्पर्धामा चीनलाई स्वर्ण पदकको दाबेदार मानिएको छ भने टेबल टेनिस, ब्याडमिन्टन र डाइभिङका केही स्वर्ण पदक बाँकी रहनेछन् ।

यी दुई  बीच उपाधिको फैसला टिम गेम र कुस्तीमा अमेरिकाले पाउने सफलतामा  निर्भर रहने  देखिन्छ ।

–एसेन्सीहरूको सहयोगमा

 

 

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ८ : १० बजे

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना