खोप लगाएकाले पनि कतार प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने | Khabarhub Khabarhub

खोप लगाएकाले पनि कतार प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारमा पछिल्लो समय कोरोना संक्रमण बढेसँगै यात्रा नीति परिवर्तन भएको छ ।

सोमबार अर्थात् २ अगष्टदेखि लागू हुने गरी कोरोनाविरुद्धको खोप लगाएका विदेशी नागरिकले कतार प्रवेश गरेपछि अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने भएको छ ।

कतारमा खोपको दुवै मात्रा लगाएका वा कतारमा कोभिड संक्रमण भई निको भएका यात्रुले कतार प्रवेश गरेपछि २ दिन होटल क्वारेन्टाइन बस्नुपर्नेछ । दोस्रो दिनको परीक्षणमा रिपोर्ट नेगेटिभ आएमा मात्र आफ्नो गन्तव्यमा जान पाइने जनाएको छ ।

कतारभन्दा बाहिर जुनसुकै खोप लगाएका वा नलगाएका आबासीय भिसा (करारी आईडी) वाहक यात्रुहरूले कतार प्रवेश गरेपछि अनिवार्य रुपमा १० दिन होटल क्वारेन्टिन बस्नुपर्नेछ ।

दोहास्थित नेपाली दूतावासका अनुसार खोप नलगाएका पारिवारिक, पर्यटक वा बिजनेश भिसाका यात्रुहरूलाई कतारमा प्रवेश नदिइने जनाएको छ । थप जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न समेत दूतावासले अनुरोध गरेको छ ।

यसअघि कतारले जुलाई १२ तारिखबाट लागू हुने गरी मान्यता प्राप्त खोप लगाएका विदेशी नागरिक क्वारेन्टाइन बस्नु नपर्ने नियम ल्याएको थियो ।

कतार प्रवेश गर्न यात्रा गर्नुभन्दा कम्तीमा १२ घण्टाअघि www.ehteraz.gov.qa वेबसाइटमा अनलाइन माध्यमबाट प्रि-रजिस्ट्रेशन गरेर आवश्यक कागजात अपलोड गरेपछि प्राप्त हुने Travel Permit प्रिन्ट गरी साथमा लिएर यात्रा गर्नु पर्नेछ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ८ : २५ बजे

विषाक्त रक्सी सेवन गर्दा रूसमा १९ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी लेनिनग्राद क्षेत्रमा पर्ने स्लान्त्सी जिल्लामा यस

माओवादी बैठकमा प्रश्न : प्रचण्डको ६४ लाखको घडी र गंगाको २८ लाखको ब्यागको स्रोत के हो ?

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को शुक्रबार सम्मप्न केन्द्रीय समितिको सातौँ

गोकर्णेश्वरबाट रिभल्वर र बिनेटसहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ नयाँ बस्तीबाट रभल्वर र

साल्ट ट्रेडिङले चाडपर्वमा कसरी दिँदैछ सहुलियत ?

काठमाडौं– दशैँसहितका ठूला चाडपर्व आएसँगै उपभोक्ताले अत्यावश्यकता वस्तुको आपूर्ति र