पुरानै धारमा फर्काइयो मर्स्याङ्दी « Khabarhub

पुरानै धारमा फर्काइयो मर्स्याङ्दी


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– मनाङ भएर बग्ने मर्स्याङ्दी नदीलाई पुरानै धारमा फर्काइएको छ । गत असार १ गते परेको अविरल वर्षापछिको बाढीका कारण नदीले धार परिवर्तन गरेको थियो ।

नदीले आफ्नो पुरानो धार परिवर्तन गरेपछि महिनादिनसम्म थुनिएर ड्याम बनेको र यसका कारण चामे बजार उच्च जोखिममा परेको थियो ।

जिल्लाका विभिन्न सुरक्षा निकाय र स्थानीयको महिना दिनभन्दा लामो प्रयासपछि बिहीबार मर्स्याङ्दी नदीलाई पुरानै धारमा फर्काउन सफल भएको सशस्त्र प्रहरी बल मनाङका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थीले बताए ।

उनले भने, “महिनौँ दिनपछि आज मर्स्याङ्दी नदीलाई पुरानै धारमा फर्काउन सफल भएका छौँ । सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र विभिन्न सुरक्षा निकायको निरन्तरको प्रयासपश्चात् नदीलाई पुरानै धारमा फर्कायौँ ।”

अहिले नदी पुरानै बाटो हुँदै बगेको छ । नदीको बहावका कारण जोखिममा रहेका बस्तीको खतरा तत्कालका लागि हटेको स्थानीयले बताएका छन् । उता मर्स्याङ्दीमा आएको बाढीले चामे बजारमा रहेको एकमात्र झोलुङ्गे पुल पनि बगाएपछि समस्या थपिएको छ ।

यही साउन ५ गते राति आएको बाढीले माथिल्लो मनाङ जोड्ने झोलुङ्गे पुल बगाएको छ । माथिल्लो मनाङ जाने बेलिब्रिज जोखिममा परेपछि स्थानीय उक्त पुलबाट आवातजावत गर्दथे । झोलुङ्गे पुल पनि बगाएपछि स्थानीयलाई वारपार गर्नसमेत अहिले समस्या भएको छ ।

असार १ को बाढीले मनाङमा सडक, पुल, विद्यालय भवन र बस्ती बगाउने खतरा बढेसँगै सशस्त्र प्रहरीले नियन्त्रणको प्रयास गर्दै आएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक पन्थीले बताए ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  १२ : ३० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब