लागुऔषध कारोबार गरिरहेको अवस्थामा पक्राउ « Khabarhub

लागुऔषध कारोबार गरिरहेको अवस्थामा पक्राउ


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– लागुऔषधको कारोवार गर्दागर्दै झापाको मेचीनगरबाट दुई जना पक्राउ परेका छन् ।

मेचीनगर–९ को लिलाबस्तिमा ब्राउनसुगर किनबेच गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय झापा, लागु औषध नियन्त्रण व्युरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीको संयुक्त टोलीले मेचीनगर १ का सरोज भुजेल र सोहि ठाउँका झलक भुजेललाई पक्राउ गरेको हो ।

मे.४ प ४०९७ र मे ६ प ३२१३ नम्बरको मोटरसाइकल रोकी लागूऔषध ब्राउनसुगर किनबेच गर्दै गर्ने क्रममा उनीहरू पक्राउ परेको प्रहरी नायव उपरीक्षक राकेश थापाले जनाएका छन् ।

सो क्रममा मे.४ प ४०९७ नम्मबरको मोटरसाईकलमा सवार सरोज भुजेलले बोकेको कालो झोलाभित्र प्लाष्टिकमा पोका बनाइ राखेको ब्राउन सुगर ३४ ग्राम र २ लाख ४७ हजार पाँच सय बरामद भएको हो ।

यस्तै मे ६ प ३२१३ नम्बरको मोटरसाईकलमा सवार झलक भूजेलको साथबाट ३ हजार पाँच सय फेला परेको जनाइएको छ । उनीहरूमाथी अदालतबाट म्यादथप भई अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  १ : ३० बजे

इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई

काठमाडौं– जरायलका परराष्ट्रमन्त्री गिडियन सारले आफ्ना नेपाली समकक्षी शिशिर खनाललाई

दुई गाउँको विवाद न्यायिक समिति र एक्यापद्वारा मेलमिलाप

मुस्ताङ– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित (छुसाङ–तेताङ) गाउँबीच प्राकृतिक स्रोत

‘बखान’ उपन्यास पुरस्कृत

चितवन– यस वर्षको सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार आख्यानकार

म्याद थपका लागि पूर्वगृहमन्त्री लेखक सरकारी वकिल कार्यालयमा

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री

यस्तो छ पूर्वमन्त्री दीपक खड्काको पक्राउ पूर्जी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ