लागुऔषध कारोबार गरिरहेको अवस्थामा पक्राउ « Khabarhub

लागुऔषध कारोबार गरिरहेको अवस्थामा पक्राउ


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– लागुऔषधको कारोवार गर्दागर्दै झापाको मेचीनगरबाट दुई जना पक्राउ परेका छन् ।

मेचीनगर–९ को लिलाबस्तिमा ब्राउनसुगर किनबेच गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय झापा, लागु औषध नियन्त्रण व्युरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीको संयुक्त टोलीले मेचीनगर १ का सरोज भुजेल र सोहि ठाउँका झलक भुजेललाई पक्राउ गरेको हो ।

मे.४ प ४०९७ र मे ६ प ३२१३ नम्बरको मोटरसाइकल रोकी लागूऔषध ब्राउनसुगर किनबेच गर्दै गर्ने क्रममा उनीहरू पक्राउ परेको प्रहरी नायव उपरीक्षक राकेश थापाले जनाएका छन् ।

सो क्रममा मे.४ प ४०९७ नम्मबरको मोटरसाईकलमा सवार सरोज भुजेलले बोकेको कालो झोलाभित्र प्लाष्टिकमा पोका बनाइ राखेको ब्राउन सुगर ३४ ग्राम र २ लाख ४७ हजार पाँच सय बरामद भएको हो ।

यस्तै मे ६ प ३२१३ नम्बरको मोटरसाईकलमा सवार झलक भूजेलको साथबाट ३ हजार पाँच सय फेला परेको जनाइएको छ । उनीहरूमाथी अदालतबाट म्यादथप भई अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  १ : ३० बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा