लुम्बिनीमा बहुमतको सरकार गठनका लागि बाटो खुला गर्न विपक्षी दलको माग « Khabarhub

लुम्बिनीमा बहुमतको सरकार गठनका लागि बाटो खुला गर्न विपक्षी दलको माग


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रदेश सभाका विपक्षी चार दलले प्रदेश प्रमुख अमिक शेरचनसँग भेटवार्ता गरेका छन् ।

भेटवार्तामा नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेल नेतृत्वका सरकार अल्पमतमा रहेकाले यसलाई विघटन गरी बहुमतको सरकार गठनका लागि बाटो खोल्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी संसदीय दलका नेताहरुले प्रदेश प्रमुख शेरचनलाई ध्यानाकर्षण पत्र बुझाउँदै बहुमतको नँया सरकार गठनको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

आफूहरुको पक्षमा प्रदेशसभामा हाल कायम रहेको ८० सदस्यमध्ये ४२ जना बहुमत सांसदको समर्थन रहेको र अहिलेको सरकारलाई ३८ जनाको मात्र समर्थन रहेको बताएका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कनोडिया, माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी, जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चा नेपालका संसदीय दलका नेता तारा जिसीले हस्ताक्षर गरेको ध्यानाकर्षणपत्र बुझाउँदै चार दलका ३९ जना सांसद प्रदेश प्रमुख कार्यालय पुगेका थिए ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रदेश प्रमुख शेरचनले संविधान र कानुनसम्मत भए नभएकोबारे आफूले अध्ययन गरी निर्णय गर्ने बताए ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ६ : ०८ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल