पार्टी एकता हुन ओलीले अध्यक्ष पद छाड्नु पर्छ : रामकुमारी झाँक्री « Khabarhub

पार्टी एकता हुन ओलीले अध्यक्ष पद छाड्नु पर्छ : रामकुमारी झाँक्री


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले केपी शर्मा ओलीले अध्यक्ष छाडेपछि मात्रै पार्टीमा आन्तरिक एकता हुने बताएकी छन् ।

काठमाडौँमा आयोजित अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै झाँक्रीले ओलीले आत्मालोचनासहित राजीनामा नदिएसम्म एकता सम्भव नभएको बताएकी हुन् । ‘जतिबेला राजनीतिलाई आजको यो स्थितिमा पुर्‍याउनेहरू मेनस्ट्रिम (मूलधार) बाट बाहिर हुन्छन्, पार्टी एकताको शर्तमा छाड्छन्, त्यतिबेला मात्र पार्टी एकता हुन्छ’ उनले भनिन् ।

प्रतिगमनकारीले सामान्य प्रायश्चित पनि नगरी कुममा कुम जोडाएर मात्र एकता हुन नसक्ने उनको तर्क थियो ।

एमालेभित्र संसद विघटनलाई प्रतिगमन र जनादेश भन्ने दुई थरि मत रहेको भन्दै उनले प्रश्न गरिन्, ‘समान धारणा नहुँदासम्म पार्टी एकता कसरी हुन सक्छ ?’

आफू पार्टी एकता विरोधी नभएको भन्दै झाँक्रीले अध्यक्ष ओलीबाट पुस ५ र जेठ ७ मा भएको प्रतिगमन कि जनादेश भन्ने प्रष्ट हुनुपर्ने बताइन् । तर यसको जवाफ अहिले कार्यदलले गरेको १० बुँदे सहमतिले दिन नसक्ने उनको जिकिर छ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ७ : ३६ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार