विवेकशील साझा पार्टीमा फेरि विवाद, अध्यक्ष र संयोजकले बोलाए बेग्लाबेग्लै केन्द्रीय समिति « Khabarhub

विवेकशील साझा पार्टीमा फेरि विवाद, अध्यक्ष र संयोजकले बोलाए बेग्लाबेग्लै केन्द्रीय समिति


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राजनीतिमा वैकल्पिक शक्ति भनिएको विवेकशील साझा पार्टी आन्तरिक विवादमा रुमलिएको छ ।

पछिल्लो समय विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्र र पार्टी संयोजक मिलन पाण्डेले बेग्लाबेग्लै केन्द्रीय समिति बैठक बोलाएपछि आन्तरिक विवाद सार्वजनिक भएको हो ।

पार्टी अध्यक्ष मिश्रले बिहीबारलाई पार्टीको केन्द्रीय समिति बैठक बोलाएका थिए । मिश्रले एकलौटी रुपमा केन्द्रीय समिति बोलाएको भन्दै सोही समयमा पार्टी संयोजक पाण्डेले पनि बेग्लै बैठक बोलाएका हुन् ।

पार्टी अध्यक्ष रवीन्द्र मिश्र र पार्टी संयोजक मिलन पाण्डेले एकै दिन केन्द्रीय समितिको छुट्टाछुट्टै बैठक बोलाएका छन्। अध्यक्ष मिश्रले यसअघि एकतर्फी रुपमा बिहीवारका लागि बैठक बोलाएको भन्दै संयोजक पाण्डेले बिहीबारनै बेग्लै बैठक बोलाएका हुन्।

पार्टीले केन्द्रीय अध्यक्ष र केन्द्रीय संयोजकको सहमतिमा बैठक बोलाउने विधानत् व्यवस्था गरे पनि विधान अनुसार नभएपछि आफूले बैठक बोलाएको संयोजक पाण्डेले बताएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  १ : ५५ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ