अश्विनीलाई ‘राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८’ « Khabarhub

अश्विनीलाई ‘राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८’


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका पेजेन्ट कोरियोग्रोफर अश्विनीकान्त झा ‘ राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८’बाट सम्मानित भएका छन् । रिबन इन्टरटेन्मेन्टको ७ औं वार्षिकोत्सबको अवसरमा आयोजना गरिएको कार्यक्रममा उनलाई गणतन्त्र नेपालका प्रथम उप–राष्ट्रपति परमानन्द झा, विशेष अतिथि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी, नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्द र आयोजक रिवन इन्टरटेन्मेन्टका सिइओ तथा निर्देशक निशुकान्त झाले संयुक्त रुपमा सम्मान गरेका थिए ।

विगत लामो समयदेखि पेजेन्ट तथा फेशन कोरियोग्राफरको रुपमा अनवरत आफ्नो उत्कृष्टता प्रदान गर्दै आएका झाले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्डका साथै सम्मान प्राप्त गरेका छन् । फेशन डिजाइनर काउन्सिल अफ नेपालका सल्लाहकारसमेत रहेका कोरियोग्राफर अश्विनी वर्तमान समयमा नेपालका एकदमै चर्चित, व्यस्त तथा सफल कोरियोग्राफरमा पर्दछन् ।

कोरियोग्राफर झा सम्मानित भएको उक्त विशेष समारोहमा चलचित्र, सङ्गीत, समाजसेवा, मनोरंजन, फेसन डिजाईन, पेजेन्ट लगायतका क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्वहरूलाई पनि उक्त समारोहमा सम्मानित गरिएको छ । कार्यक्रममा ६ दर्जन बढी स्रष्टालाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  २ : २५ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ