मन्त्रालय बाडफाँडमा सत्ता गठबन्धनका शीर्ष नेताबीच कुरा मिलेन « Khabarhub

मन्त्रालय बाडफाँडमा सत्ता गठबन्धनका शीर्ष नेताबीच कुरा मिलेन


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ लिएको डेढ महिना बिते पनि अझै मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

सत्ता गठबन्धनका शीर्ष नेताले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने बताए पनि मन्त्रालयको भागबन्डा मिलाउन नेताहरुलाई नै सकस भइरहेको छ ।

मन्त्रालय भागबन्डाका लागि आज पनि सत्ता गठबन्धनका शीर्ष नेता असफल भएका छन् ।

सरकारलाई चाँडै पूर्णता दिने प्रतिवद्धतासहित बैठकमा जुटेका नेताबीच मन्त्रालय बाडफाँडमा कुरा नमिल्दा बैठक निष्कर्षबिहीन भएको हो ।

गठबन्धनमा आबद्ध दलले शक्तिशाली भनिएका मन्त्रालय आफ्नो भागमा पर्नुपर्ने दावी गरेपछि आजको बैठक निष्कर्षबिहीन भएको हो ।

आजको बैठकमा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका अध्यक्षबीच कुन मन्त्रालय कसले लिने भन्ने विषयमा मतभेद देखिएको बैठकमा सहभागी एक नेताले बताए ।

उनका अनुसार बैठकमा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भौतिक पूर्वाधार तथा यातायात र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफ्नो पार्टीलाई दिनु पर्ने माग गरेका छन् ।

त्यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादवले माधव नेपालले माग गरेकै दुई मन्त्रालयमध्ये एक आफूहरूलाई पर्नुपर्ने माग गरेका छन् ।

यादवले शक्ति सन्तुलन मिलाउन पनि दुवै मन्त्रालयल समाजवादीलाई दिन नहुने तर्क गरेपछि नेता नेपालले असहमति जनाएका थिए ।

कांग्रेसले प्रधानमन्त्रीसहित दुई मन्त्रालय लिइसकेको छ। माओवादीले पनि दुई मन्त्रालय लिइसकेको छ। अब कसलाई कति र कुन मन्त्रालय दिने भन्ने विषयको छिनोफानो गर्न पनि सत्ता गठबन्धनका नेताहरु असफल भइरहेका छन्।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  २ : २६ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ