स्याउको माग बढ्यो | Khabarhub Khabarhub

स्याउको माग बढ्यो


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा उत्पादन भएको स्याउ बाहिरी जिल्लामा निर्यात गर्न सुरुआत गरिएको छ । देशका विभिन्न शहरबाट यहाँको स्याउको माग बढ्दो रहेको बताइएको छ ।

किसान पदम रावतले यही भदौको पहिलो सातादेखि स्याउ टिप्न सुरु भइसकेको जानकारी दिए । जिल्लाका स्याउ बजारमा बिक्रीका लागि निर्यात सुरु भएको कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयले सूचना जारी गरी निर्यातका लागि भदौको पहिलो सातादेखि खुला गरेको हो । कृषिफर्म सञ्चालन गरेका तथा स्याउ बगैँचा भएका किसानले आफ्नो स्याउ बिक्रीका लागि सम्बन्धित स्थानीय तहबाट सिफारिस लिनुपर्ने प्रावधान छ । स्याउको पहिचान बचाउन लोगो टाँसिएको कार्टुन व्यापारीलाई उपलब्ध गराइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यान्वयन एकाइले जनाएको छ ।

स्याउ निर्यात खुला गरिएपछि अहिलेसम्म दुई हजार टनभन्दा बढी बाहिरी जिल्लामा निर्यात भइसकेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिए । यहाँ उत्पादित स्याउ ए‚ बी र सी ग्रेडमा छुट्याइएको छ यी मध्ये ए र बी ग्रेडको स्याउ निर्यात गरिएको छ । सी ग्रेडको स्याउ प्रशोधन केन्द्रमा बिक्रीका लागि दिइने गरिएको कार्यालयले जनाएको छ

स्याउ बजारमा पठाउन यस वर्ष ३१ हजार आठ सयव कार्टुन वितरण गरिएको छ । स्याउ सुपोरजन कार्यालयले १० हजार आठ सय र कृषि विकास कार्यालयले २१ हजार वितरण गरेको हो ।

स्याउ जिल्लाबाहिर निर्यात गर्न सहज होस् भनी ५० प्रतिशत अनुदानमा किसानलाई कार्टुन उपलब्ध गराइएको हो । कार्यालयमा पाँच सय १६ उद्योगी, कृषिफर्म तथा सहकारी कृषक समूह सूचीकृत छन् ।

जिल्लामा १५ हजार स्याउ बगैँचा भएको तथ्याङ्क छ । जिल्लाको कूल १८ हजार घरधुरीमध्ये करिब १५ हजार घरमा स्याउ बगैँचा स्थापना रहेको कार्यालयले जनाएको छ ।जिल्लाको तीन हजार आठ सय हेक्टरमा स्याउ खेती हुन्छ । यस वर्ष व्यापारीले बगैँचामा नै पुगेर प्रतिकिलो रु ५० देखि ६० मा स्याउ खरिद गर्दै आएका छन् । गत वर्ष करिब रु १२ करोड बराबरको स्याउ बिक्री भएको थियो ।

किसानलाई कृषि औजार

यसैबीच पातारासी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले किसानलाई कृषि औजार वितरण गरेको छ । सो गाउँपालिका २४ किसानलाई किर्डाक नेपालले औजार वितरण गरेको हो ।

ती सामग्रीमा सिल्पोलिन,फरुवा र हजारी, त्रिपाल एकएक थान, गार्डेन पाइप दुई रोल, प्लाष्टिक केरेट तीन थान र नाइलन डोरी चार केजी रहेका छन् । एक किसानलाई रु १४ हजार ६ सय ४१ बराबरको औजार वितरण गरिएको सस्थाका कार्यक्रम अधिकृत धिरनाथ योगीले बताए ।

औजार पाएपछि स्थानीयवासी खुसी छन् । स्थानीयवासी तुलराम बोहोराले औजारबाट तरकारी खेती गर्नका लागि सहज हुने भएको जानकारी दिए ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  २ : ३९ बजे

कारागारबाट जेनजीलाई रविको सुझाव: घुसपैठ हुनसक्छ सचेत हुनुहोस्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु

दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जित

काठमाडौं – आइतबार सम्पन्न तेस्रो एकदिवसीयमा इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि एकदिवसीय

सामाजिक सञ्जालसम्बन्धी सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी सरकारले गरेको निर्णयविरुद्ध परेको

प्रचण्डको पोस्टमा बालेनको कमेन्ट: एकादेशमा टिकटक पनि ‘ब्याण्ड’ भएको थियो

काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे पूर्वप्रधानमन्त्री एवं

जेनजी आन्दोलनलाई पूर्ण समर्थन छ : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद सुमना