दक्षिण कोरियाद्वारा नेपाललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग « Khabarhub

दक्षिण कोरियाद्वारा नेपाललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरिया सरकारले नेपाल सरकारलाई ९४ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)मार्फत ३७८ थान अक्सिजन कन्सन्ट्रेटर नेपाललाई  दिने जनाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज अपराह्न आयोजित एक सङ्क्षिप्त कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क चोङ सुकले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ती उपकरण हस्तान्तरण गरे । आगामी एक महिनाभित्रमा बाँकी उपकरण नेपाल सरकारलाई हस्तान्तरण गरिने कोरियाली राजदूतावासले बताएको छ ।

कोभिडको महामारीविरुद्धको नेपाल सरकारको लडाइँमा सघाउन सहायतास्वरुप उपलब्ध गराइने तीनसय ७८ थान अक्सिजन कन्सन्ट्रेटरमध्ये स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त, नेपाल–कोरिया मैत्री अस्पताल, त्रिशूली अस्पताल, काठमाडौँ विश्वविद्यालय, धुलिखेल अस्पताल, टीकापुर र मुगु अस्पतालका निम्ति पनि ती उपकरण प्रदान गर्ने योजना रहेको दूतावासले जनाएको छ ।

आजै कोरियमा उच्च शिक्षा हासिल गरेका नेपालीको सङ्गठन ‘कोइका कानले’ काभ्रेपलाञ्चोकस्थित मेथिनकोट अस्पताललाई तीन थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ९ : ०१ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब