मेलम्चीबाट काठमाडौँमा पानी ल्याउने कार्ययोजना, खर्च साढे २ अर्ब « Khabarhub

मेलम्चीबाट काठमाडौँमा पानी ल्याउने कार्ययोजना, खर्च साढे २ अर्ब



काठमाडौँ– गत असार १ गते आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्‍यायो । क्षति कति भयो भन्ने अझै पनि किटान गर्न सकिएको छैन । संरचनाको मर्मत कहिलेसम्ममा हुन्छ भन्ने थाहा छैन ।

यस्तो कारणले मेलम्चीको पानी काठमाडौँ आउने अनिश्चित देखिन्छ तर मेलम्ची खानेपानी आयोजनाले अस्थायीरूपमा काठमाडौँमा पानी ल्याउने कार्य योजना बनाएको छ ।

आयोजनाले कार्ययोजना खानेपानी मन्त्रालयमा पेश गरेको छ ।

कार्ययोजनामा पहिलो काम अम्बाथान क्याम्पको पुनः निर्माण रहेको छ । आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तकाअनुसार अम्बाथानको २९८ मिटर लामो अस्थायी सुरुङमा लेदो थुप्रिएको छ । सुरुङभित्र कति गिटी र बालुवा थुप्रिएको छ भन्ने थाहा छैन ।

त्यस्तै मेलम्ची बजारस्थित मुख्य क्याम्पहरूको मर्मत तथा क्याम्पहरूमा आवश्यक खानेपानी, विद्युत, सरसफाइजस्ता सेवा सञ्चालन गर्ने योजना छ ।

पन्तका अनुसार दोस्रो कामअन्तर्गत हेडवक्र्स पुग्ने करिब साढे दुई किलोमिटर वैकल्पिक बाटो खोल्ने योजना छ । यो योजना हेलम्बु गाउँपालिका र उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्ने योजना छ ।

वैकल्पिक बाटो ल्याउन हेलम्बु गाउँपालिकाले सहयोग गर्नेछ । ।

‘बाटो पुगेपछि क्याम्प बनाउँछौँ । खानेपानी, विद्युत र सरसफाइको काम गर्छौं,’ पन्तले खबरहबसँग भने, ‘त्यसपछि बिग्रेका र भत्केका संरचनाहरू निर्माण र मर्मतको काम शुरू हुन्छ ।’

त्यस्तै डाइभर्सन टनेल, अडिट टनेल र हेडवर्कस्  भित्रको संरचना सफा गर्ने उनले बताए । हालसम्म पनि हेडवक्र्स डाइभर्सन टनेल पुरिएकै अवस्थामा छ ।

‘अझै पनि बालुवा, ढुङ्गा थपिने क्रम जारी छ, करिब १५ मिटर बाक्लो सतह थपिएको छ,’ पन्तले खबरहबसँग भने, ‘सफा नगरुन्जेल पुरिएको हेडवक्र्समा कति क्षति भएको छ भन्न सकिने अवस्था छैन ।’

मेलम्चीमा आएको बाढीले मोटर तर्ने चार वटा पुल बगाएको छ । ती पुल बनाउन र नदी किनारमा थुप्रिएको बालुवागिट्टी सफा गर्न नेपाली सेनासहित सडक विभागको सहायताको अपेक्षा आयोजनाले गरेको छ ।

मेलम्ची बजारबाट माथि बिजुली छैन । नयाँ पोल गाडेर बिजुली लैजानुपर्ने अवस्था छ । मनसुन नसकिएसम्म र सफा पानी नबगेसम्म आयोजनाको काम शुरू हुन सक्दैन ।

पन्तले भनाइअनुसार मनसुन सकिएसँगै यो कार्ययोजनामा काम गर्न सके आगामी आठ देखि नौ महिनासम्ममा मेलम्चीबाट काठमाडौँमा पानी पठाउन सकिन्छ । ‘वैशाख/जेठसम्म काठमाडौँमा पानी झार्न सम्भव देखेका छौँ,’ उनले भने, ‘क्षति कम भएको रहेछ भने त्यो भन्दा चाँडो पनि हुन्छ सक्छ ।’

आयोजना मर्मत गर्न बनाइएको कार्ययोजनामा करिब २ अर्ब ५० करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ ।

प्रकाशित मिति : १५ भदौ २०७८, मंगलबार  ६ : २० बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले