विश्वविद्यालय र कलेजको लापरबाहीले परीक्षाफल अपूरो, विद्यार्थीहरु अनशनमा | Khabarhub Khabarhub

विश्वविद्यालय र कलेजको लापरबाहीले परीक्षाफल अपूरो, विद्यार्थीहरु अनशनमा


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वाञ्चल विश्वविद्यालय  र मातहतका कलेजहरुको लापरबाहीकै कारण परीक्षाफल अपूरो प्रकाशन भएको विद्यार्थीहरुले आरोप लगाएका छन् ।

विश्वविद्यालयले गत भदौ ९ गते प्रकाशन गरेको बिएस्सी एक्ग्रीकल्चर सातौँ र भेटेनरीको सातौँ/नवौँ सेमेष्टरको परीक्षाफलमा केही विद्यार्थीहरुको नतिजा अपूरो प्रकाशन भएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।

नतिजा अपूरो आएपछि तत्काल सच्याउनुपर्ने माग राख्दै कलंकीस्थित हिमालयन कलेज अफ एग्रीकल्चरल साइन्स एन्ड टेक्नोलोजी (हिकाष्ट)मा स्नातक तह बिएस्सी एग्रिकल्चर अध्ययनरत विद्यार्थीहरु रिले अनशन थालेका हुन् ।

आफूहरुले अनलाइन परीक्षा दिएर समयमै उत्तरपुस्तिका सबमिट गरे पनि कलेज र विश्वविद्यालयको लापरबाहीका कारण नतिजा अपूरो आएको भन्दै विद्यार्थीहरु तीन दिनदेखि रिले अनशन बसेका हुन् ।

दुई पटक उत्तरपुस्तिका सबमिट गर्दा पनि परीक्षाफल अपूरो आएको हिकाष्टमा अध्ययनरत विद्यार्थी जगबहादुर वलीले बताए ।

पहिलो पटक १२ बजेर ३८ मिनेट जाँदा सबमिट गरेको र कलेजले त्यसमा कुनै प्रतिक्रिया नदिएपछि पुनः १ बजेर ६ मिनेटमा उत्तरपुस्तिका सबमिट गरे पनि उक्त विषयको परीक्षाफल अपूरो आएको वलीले बताए ।

कलेजले २ बजेभित्र सबमिट गरिसक्नु भनेकोमा १ नबज्दै उत्तरपुस्तिका पठाउँदा पनि परीक्षाफल अपूरो आएको उनको भनाइ छ ।
उनका अनुसार नतिजा हेर्दा दुई वटा विषयमा (आई) लेख्छ यसको अर्थ इन्कम्प्लीट (अपूरो) हो । कलेजको लापरबाहीका कारण परीक्षाफल अपूरो आएको उनले बताए ।

उनले आफ्नो वायोस्ट्याटेटीस, इकोसिस्टम एण्ड इन्भाइरोमेन्ट विषयको नतिजा अपूरो आएको बताए ।

हिकास्टमा अध्ययनर स्नातक एग्रीकल्चर सातौँ समेस्टरका ४० जना र भेटेनरी सातौँ र नवौँका समेस्टरका १५ जना विद्यार्थीहरुको नतिजा पनि अपूरो आएको उनले बताए ।

कोराना माहामारीका कारण विश्वविद्यालयले गत वर्ष २०७७ असोज २० गतदेखि अनलाइन माध्यमबाट विभिन्न सेमेस्टर तथा स्नातक तहको ‘टाइम बाउण्ड होम इक्जाम’ सञ्चालन गरेको थियो ।

परीक्षार्थीहरुले कलेजमा उत्तरपुस्तिका पठाउने र कलेजले विश्वविद्यालयमा पठाउने नियमअनुसार परीक्षा सञ्चालन भएको थियो ।

विद्यार्थीहरुले समयमै कलेजमा उत्तरपुस्तिका पठाएपनि कलेजले ढिला गर्दा विद्यार्थीहरुको नतिजा अपूरो आएको हो ।

विश्वविद्यालयको एकेडेमिक काउन्सिलको निर्णय अनुसार समबन्धित कलेजले विद्यार्थीको उत्तरपुस्तिका २ बजेभित्र पठाईसक्नुपर्ने हुन्थ्यो ।

हिकाष्ट कलेजका प्रीन्सिपल कृष्णबहादुर श्रेष्ठले भने पहिलो पटक अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गरेकोले प्राविधि त्रुटि भएको बताए । उनले कलेजको लापरबाहीको बचाउ गर्दै नतिजाबारे विश्वविद्यालयलाई जनकारी गराइसेकेको बताए ।

उनले भने,‘अपूरो नतिजाको विषयमा कुरा गर्न म आफै विश्वविद्यालयमा आएको छु थप जानकारीपछि गराउँला ।’

त्यस्तै पूर्वाअञ्चल विश्वविद्यालयका उपकुलपति यादवराज कोइराला पनि अनलाइन परीक्षाको विषयमा आफूलाई जानकारी नभएको भन्दै पन्छिएका छन् । उनले सम्बन्धित डीनलाई यस विषयमा जानकारी हुने प्रतिक्रिया दिँदै केही बोल्न मानेनन् ।

तत्कालीन परीक्षा नियन्त्रक सूर्य संग्रौला भन्छन् – नतिजा प्रकाशनमा लापरबाही देखियो

विद्यार्थीको नतिजा अपूरो आउनुमा विश्वविद्यालयको पनि लापरबाही रहेको तत्कालीन परीक्षा नियन्त्रक सूर्य सङ्ग्रौलाले बताए ।

उनले भने,‘विद्यार्थीहरुको नतिजाामा यस्तो समस्या आउँछ भनेर मैले विश्वविद्यालय उपकुलपतिलाई पहिले नै लेखेर दिएको थिए । तर मेरो कुरालाई बेवास्ता गरियो ।’

विश्वविद्यालयले तोकेको निश्चित समयभन्दा ढिला आएका उत्तरपुस्तिकाहरुलाई क्यान्सिल गरेका कारण विद्यार्थीको परीक्षाफल अपूरो आएको उनले बताए ।

उनका अनुसार सम्बन्धित कलेजले विद्यार्थीको उत्तरपुस्तिका विश्वविद्यालयमा पढाइसकेपछि विश्वविद्यालयले त्यसलाई जाँच गर्नुपर्ने बाध्यता रहन्छ । तर कलेजले ढिला पठाएको उत्तरपुस्तका विश्वविद्यालयले जाँच गरेर क्यान्सिल गरेको र कतिपय उत्तरपुस्तिका जाँच नै गरेको छैन ।
अन्य सेमेस्टरका विद्यार्थीहरुको परीक्षाफलमा पनि यस्तो समस्या आउनसक्ने उनले दाबी गरे ।

यदि विद्यार्थीहरुले गलत गरेको छ भने सम्बन्धित कलेजले नै विद्यार्थीको उत्तरपुस्तिका क्यान्सिल गर्नुपर्थ्यो । उत्तरपुस्तिका बारे डीनको

नेतृत्वमा बनेको टेक्निकल टीम, विश्वविद्यालय र कलेजले केही नभनेकाले विद्यार्थीहरु मर्कामा परेको उनले बताए । यसमा सम्बन्धित कलेज र विश्वविद्यालयले गलत गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ७ : १९ बजे

कर्णाली नदीमा किशोरीको शव फेला

बाजुरा- कर्णाली नदीमा शनिबार दिउँसो एक महिलाको शव फेला परेको

आजका समाचार : संसदीय दलको बैठकदेखि क्रिकेटमा नेपाल विजयीसम्म

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित

बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी

काठमाडौं– इङ्लिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथमाथि शानदार जित हासिल

विशेष बाल अदालत आवश्यक : मन्त्री चौधरी

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले विशेष

दलभन्दा देशमाथि छ भन्ने कुरालाई आत्मसाथ गरौँ  : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै नरहे