ऊर्जामन्त्री भुसाल र जर्मनीमा राजदूतबीच शिष्टाचार भेट | Khabarhub Khabarhub

ऊर्जामन्त्री भुसाल र जर्मनीमा राजदूतबीच शिष्टाचार भेट


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत स्टेफन रुसेकले आज शिष्टाचार भेट गरेका छन् ।

भेटमा मन्त्री भुसालले नेपाल–जर्मनीबीच रहिआएको आपसी सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्दै सामाजिक एवं आर्थिक क्षेत्रमा जर्मन सरकारले पु¥याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् ।

उनले वैकल्पिक ऊर्जा एवं प्रसारण लाइन निर्माणमा जर्मनीले उपलब्ध गराउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै ऊर्जा क्षेत्रको विकासमा सहकार्य गर्दै जाने विश्वास व्यक्त गरिन् ।

मन्त्री भुसालले जर्मनीबाट प्राप्त आर्थिक एवं प्राविधिक सहयोगलाई सही तवरले उपयोग गरिने विश्वास दिलाउँदै नेपालले राखेका लक्ष्य प्राप्तिका लागि जर्मनीबाट सहयोग रहने अपेक्षा रहेको बताए । उनले भूकम्पपछिको पुनःनिर्माण एवं कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जर्मनीले पु¥याएको सहयोगप्रति आभार व्यक्त गरिन् ।

सो अवसरमा कार्यबाहक राजदूत रुसेकले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि जर्मन सरकारले उपलब्ध गराउँदै आएको सहयोग आगामी दिनमा विस्तार गर्दै लैजाने बताए । उनले नेपालको वैकल्पिक ऊर्जाका क्षेत्रमा पनि जर्मन सरकारले सहयोग गर्दै आएको उल्लेख गर्दै सो क्षेत्रमा थप सहकार्य गरेर अगाडि बढ्ने विश्वास दिलाए ।

चिलिमे–त्रिशूली र लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन निर्माणमा आफ्नो सरकारको आर्थिक सहयोग रहेको जानकारी गराउँदै राजदूत रुसेकले ती आयोजनाको प्रगतिबारे जिज्ञासा राखेका थिए ।

त्यसैगरी संसदमा पेश भएको विद्युत् विधेयकबारे पनि कार्यबाहक राजदूत रुसेकले चासो व्यक्त गरेका थिए । भेटवार्तामा क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीको सहभागिता थियो ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ९ : ३० बजे

जने-जी आन्दोलनमा घुसपैठ गर्नेमाथि कारवाही हुन्छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जने-जी आन्दोलनका क्रममा घुसपैठ गर्नेहरुमाथि कडा

विश्वासको मत नपाउने भएपछि मधेसका मुख्यमन्त्री सोनलले दिए राजीनामा

काठमाडौं- विश्वासको मत नपाउने भएपछि मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले

टर्कीको अत्तर गोदाममा आगलागी, छ जनाको मृत्यु

एजेन्सी– उत्तरपश्चिमी टर्कीको दिलोवासी स्थित एउटा अत्तर गोदाममा शनिबार  आगलागी

रूसी आक्रमणले युक्रेनको उर्जा पूर्वाधार प्रभावित : किएभ

एजेन्सी– रूसी आक्रमणले युक्रेनको ऊर्जा पूर्वाधारमा प्रहार गर्दा एक जनाको

निजी क्षेत्रको आत्मविश्वास जोगाउन सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रको आत्मविश्वासको जगेर्ना गर्न सरकारले