काठमाडौँ– ताइवानका कारण यति बेला अमेरिका र चीनबीच टकराब चलेको छ । राष्ट्रपति साई येङ वनका अनुसार चीनबाट ताइवानमाथि आक्रमणको सम्भावना बढेसँगै अमेरिकाले पनि त्यहाँको सेनालाई प्रशिक्षित गराइरहेको छ ।
चीनको दक्षिणपूर्वी तटबाट दुई सय किलोमिटरभन्दा कम दूरीमा रहेको ताइवान अहिले विश्वले पछ्याइरहेको प्रजातान्त्रिक मूल्य र मान्यता जोगाउन सङ्घर्षरत छ ।
‘यो टापुमा रहेका हामी २३ मिलियन (दुई करोड ३० लाख) व्यक्ति आफूलाई जोगाउन, हाम्रो प्रजातन्त्रको रक्षा गर्न र आफूले चाहे अनुसार बाँच्न पाउने हकको सुरक्षा गर्न सङ्घर्ष गरिरहेका छौँ,’ राष्ट्रपतिले एक अन्तर्वार्तामा भनेकी छन् ।
सत्तरी वर्षअघि चीनको गृहयुद्ध सकिएपछि चीनभन्दा ताइवान फरक रहँदै आएको छ । अहिले ताइवानको प्रजातन्त्रको अभ्यास गरिरहेको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले ताइवानलाई चीनको अभिन्न भूमिका रूपमा दाबी गर्दै आएको छ ।
ताइवानले चीनको यस्तो दाबी पूर्णरूपमा अस्वीकार गर्दै आएको छ । ताइवान कहिल्यै पनि चीनको क्षेत्रमा नरहेको र नरहने ताइवानीहरू अडान छ । ताइवानी अडानमा अमेरिकाले पूर्ण साथ दिएको छ ।
हाल ताइवान र चीनबीचको सम्बन्ध इतिहासमै सबैभन्दा खराब अवस्थामा पुगेको छ । यसै महिनाको सुरुवातमा चीनले ताइवानको भूभागमाथि असङ्ख्य लडाकु विमानहरू पठाएको थियो । धेरै कूटनीतिज्ञ र समीक्षकले यसलाई सीसीपीले ताइवानलाई चीनले चाहेअनुसार चल्न दबाब दिएको रूपमा बुझेका छन् ।
ताइवानसँग सम्बन्ध सुमधुर बनाउने र आवश्यक क्षेत्रमा सहयोग गर्ने पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिलाई राष्ट्रपति जो बाइडेनले पनि निरन्तरता दिएका छन् । बाइडेनको नीतिले चीनलाई अशान्त बनाएको हुनसक्ने मत धेरैको छ ।
ताइवानलाई हतियार विक्री तथा उच्च पदस्थ अमेरिकी अधिकारीको ताइवान भ्रमणलाई चीनले आफूविरोधी कदम र गठबन्धनका रूपमा लिएको छ ।
चिनियाँ हस्तक्षेपबाट स्वतन्त्र रहने ताइवानी चाहनामा अमेरिकाले साथ दिएको छ । यसमा चीन रुष्ट छ । ताइवान आफूअन्तर्गतकै भूमि हो भन्ने चीनको दाबी छ । चीनको यस्तो दाबी विश्व समुदायले अस्वीकार गर्दै आएको छ ।
ताइवानी राष्ट्रपति साई येङले यो दशकमा अमेरिकी सेनालाई प्रशिक्षणका लागि आफ्नो भूभागमा प्रवेश गराउने पहिलो राष्ट्रपतिको रूपमा आफूलाई प्रस्तुत गर्न पाउँदा खुसी लागेको बताएकी छन् ।
अन्तिम पटक अमेरिकी फौज सन् १९७९ मा ताइवानबाट फर्केको थियो । सो समयमा बेइजिङ र ताइवानको सम्बन्ध सामान्य भएको ठहरसहित वासिङ्टनको नीति फेरिएको थियो ।
सन् २०२० को सुरुमा अमेरिकी सेनाले ताइवानमा प्रशिक्षण गराइरहेको भिडियो पोस्ट गरेर फेरि हटाएको थियो । सन् २०२० को नोभेम्बरमा ताइवानका रक्षामन्त्रीले स्थानीय सञ्चार माध्यमका सामु अमेरिकी सेनाले ताइवानी सेनालाई प्रशिक्षण गराएको कुरा अस्वीकार गरेका थिए ।
राष्ट्रपति साई येङले हाल ताइवानमा रहेका अमेरिकी सेनाको सङ्ख्या भनेकी छैनन् तर अमेरिकासँग अत्यन्त सुमधुर सम्बन्ध रहेको जनाएकी छन् । उनले अमेरिकाबाट आवश्यक समयमा थप सहयोग पाउने र ताइवानको रक्षा संयन्त्र मजबुत तुल्याउन पूर्ण सहयोग रहने विश्वास व्यक्त गरेकी छिन् ।
पूर्वव्यापारिक वार्ताकार तथा कानूनकी प्राध्यापक साई येङ सन् २०१६ मा ताइवानको पहिलो महिला राष्ट्रपति हुन् । उनीभन्दा अघिका सत्ताधारीको चीनसँग निकट सम्बन्ध थियो । यस्तो सम्बन्धको चर्को विरोध भइहरको समयमा भएको निर्वाचनमा साई येङ सानदार ढङ्गले विजयी भएकी थिइन् ।
प्रजातन्त्र र मानवअधिकारमाथिको प्रतिबद्धताका कारण उनको लोकप्रियता उच्च छ । गत साता उनी भ्रमणमा निस्कँदा उनको भव्य स्वागत भएको थियो ।
अगस्ट महिनामा अमेरिका र ताइवान सम्झौता सहित ७० करोड ५० लाख अमेरिकी डलरको सैन्य सामग्री विक्रीको अमेरिकी घोषणा र यसै महिना अमेरिकाको नेतृत्वमा क्वाड वैदेशिक नीति समूहले उक्त टापुमा आवश्यक सहयोग गर्ने वक्तव्यपछि घटना यस बाटोमा विकसित भएको हो ।
चिनियाँ अधिकारीहरू साई येङ र उनको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी ताइवानको औपचारिक स्वतन्त्रको पक्षमा छ भन्ने ठान्छन् । साई येङले भने औपचारिक रूपमा त्यस्तो घोषणा गरेकी छैनन् तर ताइवानीहरू स्वतन्त्र जीवन बाँच्न चाहन्छन् भन्दै आएकी छन् । विगतका सरकारसँग भएका राजनीतिक र कूटनीतिक सहमति बेवास्ता गर्दै चीनले ताइवानलाई दुःख दिइरहेको ताइवानीहरूको आरोप छ ।
ताइवानी रक्षामन्त्रीले दिएको जानकारीअनुसार अक्टोबर महिनाको पहिलो पाँच दिनमा चीनले ताइवानको हवाई सुरक्षा परिचित क्षेत्रमा १५० फाइटर जेट, आणविक क्षमताका बम, एन्टी सबमारिन एयर क्राफ्ट, एयर वोन र पूर्वचेतावनी दिने जहाजहरू उडाएको थियो ।
अन्तर्राष्ट्रिय जगतले यसलाई कुनै पनि समय ताइवानमाथि आक्रमण गर्ने चिनियाँ नियतका रूपमा बुझेको छ ।
अगस्ट महिनामा अमेरिका र ताइवान सम्झौता सहित ७० करोड ५० लाख अमेरिकी डलरको सैन्य सामग्री विक्रीको अमेरिकी घोषणा र यसै महिना अमेरिकाको नेतृत्वमा क्वाड वैदेशिक नीति समूहले उक्त टापुमा आवश्यक सहयोग गर्ने वक्तव्यपछि घटना यस बाटोमा विकसित भएको हो ।
अक्टोबरको ८ मा चिनियाँ राष्ट्रपति सी चिन फिङले चीन ताइवान र चीनको शान्तिपूर्ण एकताको पक्षमा रहेको वाचा गरेका थिए । चीनको ताइवान मामला कार्यालयका प्रवक्ताले चीनसँग ताइवानलाई आफ्नोअन्तर्गत राख्ने अधिकार भएको प्रतिक्रिया दिएका छन् ।
चीनका दबाबमा बाबजुद ताइवानकी राष्ट्रपति साई येङले आफ्ना नागरिकको स्वतन्त्रताको पक्षमा लगातार वकालत गर्दै आएकी छन् ।
चीनको सैन्य गतिविधि बढिरहेको समयमा १० अक्टोबरको दिन ताइवानको राष्ट्रिय दिवसको दिन उनले चीनले ताइवानलाई आफ्नो बाटोमा हिँडाउन नसक्ने कुरा कडाइका साथ बताएकी थिइन् ।
उनले यस क्षेत्रका प्रजातान्त्रिक साझेदार, जापान, दक्षिण कोरिया र अस्ट्रेलियाले ताइवानको प्रजातन्त्रका लागि सहयोग गर्नुपर्ने र यो सङ्कट टार्न साथ दिने पर्ने कुरा बताएकी छिन् ।
सन् २०२० मा दोस्रो पटक राष्ट्रपति पदमा भारी मतले निर्वाचित भएपछि उनले त्यहाँको सैन्य सुधार गर्दै आधुनिकीकरण गर्ने बताएकी थिइन् ।
गत अगस्टमा ताइवानले फाइटर जेटका लागि १ अर्ब ४ करोड अमेरिकी डलर खर्च गर्ने जनाएको थियो । राष्ट्रपतिले लडाइँको उद्देश्यका लागि नभई आफ्नो देशको सुरक्षा मजबुत तुल्याउन आफूले कदम चालेको बताउने गरेकी छन् ।
अमेरिकाले सैन्य सहयोगमात्र गरेको छैन, अन्तर्राष्ट्रिय क्षेत्रमा ताइवानको उपस्थितिका लागि पनि प्रयास गरेको छ । अमेरिकी सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लिन्केन प्रजातान्त्रिक मूल्य र मान्यताका लागि ताइवानको अन्तर्राष्ट्रिय क्षेत्रमा उपस्थिति आवश्यक भएकोमा जोड दिन्छन् ।
राष्ट्रपति साई येङले चीनले चाहेजस्तो व्यवस्था भए त्यहाँका जनताका लागि अत्यन्त कठिन हुने बताएकी छिन् । यसकारण कुनै पनि हालतमा आफ्नो देशको रक्षा गर्न जरुरी रहेको बताएकी छिन् । यसका लागि उनले सैन्य संरचना बलियो बनाउने कुरामा जोड दिने गरेकी छन् । उनले चीनसँगको वार्ताको ढोका खुला राख्ने पनि बताएकी छिन् ।
अहिलेसम्म अमेरिका र यसका साझेदार देशहरूको बीचमा ताइवानको विषयलाई लिएर कुनै औपचारिक सम्झौता भएको छैन । धेरैले आवश्यक रहेको समयमा ताइवानलाई सबैले साथ दिने अनुमान गरेका छन् ।
जापानका नोबुसु किसीले ताइवानमा जारी घटना क्रम आफ्नो देशको पनि चासो भएकाले आवश्यक समयमा साथ दिने प्रतिबद्धता यसअघि नै व्यक्त गरिसकेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानको सुरक्षामा चासो दिने सङ्केत गररेका छन् । ताइवानी राष्ट्रपति साई येङ पनि चीनले ताइवानमाथि आक्रमण गरे अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्नेमा विश्वस्त रहेकी छन् ।
साई येङले बारम्बार प्रजातान्त्रिक मूल्यमान्यताका लागि संसारका देशहरू एकजुट हुने गरेकाले ताइवान एक्लो नहुने बताउँदै आएकी छिन् ।
उनले ताइवान आफैँ पनि आवश्यक परेको समयमा प्रजातन्त्रको पक्षमा अडिग रहँदै बहादुरीका साथ लड्ने बताएकी छन् । यसमा अन्य देशको सहयोग अति आवश्यक रहेकोमा पनि उनको जोडछ ।
अमेरिकाले सैन्य सहयोगमात्र गरेको छैन, अन्तर्राष्ट्रिय क्षेत्रमा ताइवानको उपस्थितिका लागि पनि प्रयास गरेको छ । अमेरिकी सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लिन्केन प्रजातान्त्रिक मूल्य र मान्यताका लागि ताइवानको अन्तर्राष्ट्रिय क्षेत्रमा उपस्थिति आवश्यक भएकोमा जोड दिन्छन् ।
सन् १९७१ मा चीनले चीनले नै सन् १९७१ मा ताइवानको संयुक्त राष्ट्र सङ्घमा उपस्थिति रोकेपछि यो टापुले अन्तर्राष्ट्रिय दुनियाँमा प्रवेश पाउन लगातार सङ्घर्षरत छ ।
ताइवानी राष्ट्रपति साई येङको कार्यकाल ३० महिना हाराहारी बाँकी छ । ताइवानको कानुनअनुसार उनी तेस्रो कार्यकाल राष्ट्रपति हुन पाउने छैनन् ।
साई येङले चीनको अवरोधका बाबजुद अब ताइवानले राष्ट्र सङ्घमा प्रवेश पाउने जनाएकी छिन् ।
यस्ता यावत अवरोधका बाबजुद ताइवानी राष्ट्रपति साई येङ चीन र ताइवान दुवै भिन्न राजनीतिक प्रणाली स्वीकार गरेर मिलेर रहन सक्ने अवस्था बताउँछिन् । यस क्षेत्रका सबै नागरिकको चासो पनि यसैमा रहेको पनि उनको भनाइ छ ।
साई येङ चीन प्रजातान्त्रिक मुलुक हुने सम्भावना त देख्दिनन् तर त्यहाँका राष्ट्रपति सिले अनावश्यक महत्वाकाङ्क्षा त्यागेमा सो क्षेत्र शान्त हुने सम्भावना देखेकी छन् ।
ताइवानी राष्ट्रपति साई येङको कार्यकाल ३० महिना हाराहारी बाँकी छ । ताइवानको कानुनअनुसार उनी तेस्रो कार्यकाल राष्ट्रपति हुन पाउने छैनन् ।
पदमुक्त भएपछि पनि ताइवानी नागरिकले उनलाई प्रजातन्त्रको पक्षधर दृढ, सक्षम र मूल्यमान्यतामा कहिल्यै सम्झौता नगर्ने नेताका रूपमा सम्मान गर्नेछन् ।
–एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया