राष्ट्रपति भण्डारी आज लुम्बिनीपछि पोखरा पुग्ने « Khabarhub

राष्ट्रपति भण्डारी आज लुम्बिनीपछि पोखरा पुग्ने


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी र पोखरामा आयोजित कार्यक्रमका लागि त्यहाँ पुगेकी छन् ।

बुद्धजन्मस्थल लुम्बिनीमा उनलेमायादेवी मन्दिरमा पूजाअर्चना तथा निरीक्षण गर्ने, बज्रयान महाविहार र नेपाल मण्डल स्वागतद्वारको निरीक्षण गर्ने, शान्तिद्वीपबाट मायादेवी मन्दिरसम्म पैदलयात्रा गर्ने एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका बारेमा पनि जानकारी लिने कार्यक्रम रहेको छ ।

त्यस्तै लुम्बिनी गुरुयोजनाका बारेमा जानकारी लिने कार्यक्रम पनि रहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले जानकारी दिए ।
उनकाअनुसार कोषको तर्फबाट लुम्बिनी गुरुयोजनाको हालसम्मको प्रगतिका बारेमा ‘ब्रिफिङ’ हुनेछ ।

कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँण र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसमेत सहभागी हुनेछन्। राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सना, पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, बागमती प्रदेशका पूर्वमन्त्री अजयक्रान्ति शाक्य, सांसद नवराज सिलवाल, सूर्य पाठक, काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्की, विभिन्न मन्त्रालयका सचिवहरु हिजो शनिबार नै लुम्बिनीमा पुगिसकेका छन् ।

लुम्बिनीको कार्यक्रम सकिएपछि राष्ट्रपतिद्वारा आज नै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइट जेड बुद्धमूर्तिको अनावरण गर्ने कार्यक्रम रहेको छ । सो बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेशनको पहलमा बर्माबाट ल्याइएको हो । फाउण्डेशनको निमन्त्रणामा स्पेनको एक्सत्रेमादुरा प्रदेशका सभामुख बेलानका मार्टिन डेलगाडो, संस्कृतिमन्त्री नुरिया फलोरेश रेडोन्डोसहित प्रतिनिधिमण्डल पनि लुम्बिनीमा पुगेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  १० : २० बजे

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने