प्राज्ञ सरुभक्तलाई ‘मुक्तक सागर’ सम्मान « Khabarhub

प्राज्ञ सरुभक्तलाई ‘मुक्तक सागर’ सम्मान


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी- साहित्यकार एवं प्राज्ञ सरुभक्तलाई मुक्तक सागरबाट सम्मान गरिएको छ ।

मुक्तक विधाको उत्थान र विकासमा क्रियाशील मुक्तक मञ्च केन्द्रीय समिति पोखरा र मुक्तक सागर त्रैमासिक पत्रिकाले संयुक्तरूपमा उनलाई सो सम्मान अर्पण गरेको हो ।

पोखरामा आयोजित एक समारोहका बीच मुक्तक सागरका तर्फबाट पत्रिकाका सम्पादक निशा केसीले उक्त सम्मान अर्पण गरेकी हुन् ।

कार्यक्रममा सम्मानित व्यक्तित्व तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले मुक्तकको उन्नयन र विकासमा मुक्तक सागर साहित्यिक त्रैमासिक पत्रिकाले निरन्तर खेलेको भूमिकाको चर्चा गर्दै मुक्तकसम्बन्धी विस्तृत विमर्श गर्ने समय आइसकेको बताए ।

पोखरेली कवि रमेश श्रेष्ठ, पोखरा महानगर प्राज्ञ सरस्वती श्रेष्ठ सरु र मञ्चका सल्लाहकार तथा साहित्यकार दीपक समिपले सरुभक्तले मुक्तक र साहित्यिक क्षेत्रमा पुर्‍याउँदै आएको  योगदानको उच्च कदर गर्दै सम्मान गरिएको बताए ।

मुक्तक मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यको सभापतित्वमा भएको कार्यक्रममा वसन्त गौतम, ईश्वरमणि अधिकारी, भूमिराज बस्ताकोटी, दीपक समिप, रुपिन्द्र प्रभावी, शीतल गिरी, कपिल शर्मा, गीता तिवारी, अम्बिका भण्डारी, कृष्ण सुवेदी, सरोज पौडेल, अमृता पोखरेल, शङ्कर ज्ञवालीलगायतले मुक्तक वाचन गरेका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  १ : ३८ बजे

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

देवदह– दुई दिनसम्म परेको बेमौसमी वर्षाले रूपन्देहीमा ठूलो परिणाममा काँचो

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट