काठमाडौँ महानगरमा सम्पत्तिकर ई–सेवामार्फत भुक्तानी गर्न सकिने « Khabarhub

काठमाडौँ महानगरमा सम्पत्तिकर ई–सेवामार्फत भुक्तानी गर्न सकिने


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको सम्पत्ति तथा भूमि, व्यवसाय र बहाल कर ई–सेवामार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

ई–सेवा एकाउन्ट भएका करदाताले मोबाइलबाटै भुक्तानी दिन सक्नेछन् । ई–सेवाएकाउन्ट नभएकाले भने ई–सेवाभएका क्षेत्र तथा पोइन्टमार्फत कर भुक्तानी गर्न सकिने ई–सेवाफोन प्रालिले बताएको छ ।

यसअघि विराटनगर महानगरपालिका, बुटवल धरान,  हेटौँडा इटहरी उपमहानगरपालिका तथा  बनेपा, बाँसगढी, बर्दघाट, बेलौरी, धुलिखेल, गोकर्णेश्वर, कावासोती धनगढीमाई, कीर्तिपुर, मध्यविन्दु, नमोबुद्ध, पुनर्वास, सुन्दरहरैचा, तिलोतमा र  विष्णुपुर नगरपालिका तथा जोरपाटी  केराबारी, थुलुङ गाउँपालिकाले पनि ई–सेवामार्फत कर तथा राजस्व असुली गर्दै आएका थिए ।

स्थानीय निकायले दुई तरिकाबाट ई–सेवामार्फत भुक्तानी गर्न सक्नेछन् । सुरूमा वडा कार्यालयमार्फत आफ्नो इमेल र फोन नम्बर दर्ता गराइ लगइन आइडी लिनुपर्नेछ । त्यसपछि ई–सेवाको मोबाइल एप अथवा वेभसाइटबाट भुक्तानी गर्न सकिनेछ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने  ई–सेवामा  प्रत्यक्ष  खाता खोल्नेको सङ्ख्या  ५० लाख छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसङ्ख्याले ई–सेवामार्फत सेवा लिइरहेका छन् । हाल ई–सेवाका देशभर करिब एक लाख ४० हजार  एजेन्ट (ई–सेवाजोन तथा पोइन्ट) छन् भने ई–सेवामा मर्चेन्टको सङ्ख्या तीन लाख नाघिसकेको छ ।

ई–सेवाबाट इन्स्योरेन्स्को प्रिमियम, सेयर, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज तथा बसको टिकट खरिद, विद्यालय तथा क्याम्पसलगायतको शुल्क भुक्तानी गर्न सकिन्छ । ई–सेवामा हाल ५० बैंक तथा वित्तीय संस्था सदस्य छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  २ : २६ बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा