बारको बहिष्कारपछि प्रधानन्यायाधीश जबराले पनि हेरेनन् मुद्दा « Khabarhub

बारको बहिष्कारपछि प्रधानन्यायाधीश जबराले पनि हेरेनन् मुद्दा


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एसोसिएसनको बहिष्कारका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले समेत आइतबार मुद्दा सुनुवाइ गर्न सकेनन् ।

न्यायाधीश र नेपाल बारको विरोधका बाबजुद बुधबार इजलासमा बसेर मुद्दा सुनुवाइ गरेका जबराको इजलासमा कुनै पनि कानुन व्यवसायी बहसका लागि उपस्थित नभएपछि उनको इजलासमा पनि मुद्दा सुनुवाइ हुन नसकेको हो ।

‘उहाँले आफ्नो एकल इजलास र अर्को एउटा संयुक्त इजलास तोक्नुभएको थियो, संयुक्त इजलासमा न्यायाधीश अनुपस्थित भएर सुनुवाइ भएन, एकल इजलासमा बहस गर्न कानुन व्यवसायीहरू जानुभएन,’ नेपाल बारका महासचिव लीलामणि पौडेलले न्युज कारखानासँग भने ।

जबराले आफ्नो इजलासमा दुईवटा मुद्दा सुनुवाइका लागि पेसी तोकेका थिए । बार र न्यायाधीशको आन्दोलनका कारण बन्दीप्रत्यक्षीकरणका मुद्दासमेत अलपत्र परेका छन् ।

आन्दोलनरत न्यायाधीशहरूले आइतबारबाट बन्दीप्रत्यक्षीकरणको मुद्दा सुनुवाइ गर्ने बताए पनि बन्दीका रिट सुनुवाइ गर्न न्यायाधीशहरू इजलास गएनन् ।

प्रधानन्यायाधीश जबराले उपस्थित सबै न्यायाधीशका लागि कललिस्ट (मुद्दा सुनुवाइको सूची) सार्वजनिक गरेका थिए ।

न्यायाधीश कुमार रेग्मीको इजलासमा एउटा र न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा बैंकिङ कसुर अभियोगमा कारागारमा रहेका कमल ज्ञवालीको बन्दीप्रत्यक्षीकरण रिटको पेसी तोकिएको थियो ।

न्यायाधीशद्वय हरिकृष्ण कार्की र सपना प्रधान मल्लको इजलासमा समेत एउटा बन्दीका रिट सुनुवाइका लागि तोकिएको थियो । तर न्यायाधीशहरू यी सबै निवेदनमा सुनुवाइका लागि इजलास गएनन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  २ : ३२ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२