एमाले अधिवेशनमा ‘भोट उता, कोट यता’ « Khabarhub

एमाले अधिवेशनमा ‘भोट उता, कोट यता’


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– नेकपा एमाले इटहरी उपमहानगर अधिवेशन जारी छ । ९ गतेबाट सुरु भएको अधिवेशन लायन्स क्लबको भवन पचरुखीमा शनिवार निर्वाचन भयो ।

निर्वाचनमा मुख्य पदाधिकारी तथा सदस्य भोट माग्नका लागि बिहानैदेखि व्यस्त देखिन्थे । सोही भवनको दक्षिणतर्फ जेनरेटर छेउ शिरमा ढाका टोपी र अल्लोको कोट लगाएका एक जना कराइरहेका थिए ।

‘भोट उता, कोट यता’, ‘भोट उता, कोट यता’ विभिन्न कार्यालय प्रमुखको टेबलमा प्रयोग हुने नेपालको झन्डा, ढाका टोपी र अल्लोको कोट लिएर बसेका उनी अधिवेशनमा आएका सबैको ध्यान आफूतर्फ आकर्षण गर्न व्यस्त थिए ।

पार्टीको अधिवेशनमा यसरी आफ्नो व्यापार गर्न आएका व्यक्ति हुन् जुम्लाका ‘सौरव बुढा’ । दशैँ सकिएलगत्तै तिहारको आर्थिक जोहो गर्न उनी जुम्लामा बनेको ढाका टोपी, कोट तथा नेपालको झन्डा लिएर पूर्वका सहर आएका हुन् ।

आफूले सोचे जस्तो व्यापार नभएपछि उनले यस्ता मानिसको जमघट हुने कार्यक्रम धाउँदै आएका छन् । ९ कात्तिकबाट सुरु भएको अधिवेशनमा उनी पाँच दिनदेखि सोही स्थानमा व्यापार गर्दै आएका छन् । पाँच दिनको अवधिमा उनले करिब ६० वटाभन्दा बढी कोट र ४० भन्दा बढी टोपी बिक्री गरेको बुढा बताउँछन् ।

कोट सोचेभन्दा बढी बिक्री भयो, तर उनी खुसी छैनन् । चार हजार रुपैयाँभन्दा बढी खर्च गरेर आएका ‘बुढा’ व्यापार नभएपछि तिहारका लागि घर खर्च कसरी चलाउने भन्ने चिन्तामा छन् ।

अन्य सहरमा १२ सय रुपैयाँभन्दा बढीमा बिक्री हुने कोट किन्ने मानिस नभएपछि उनले घटाएर एक हजार रुपैयाँमै दिनुपरेको दुखेसो पोखे ।

‘के गर्नु, यही कोट काठमाडौँमा दुई हजार, २५ सयसम्ममा पनि बेचियो । तर, यहाँ बिक्री नभएपछि फिर्ता गरेर लान नि गाह्रो छ’, उनी भन्छन् ‘आउन चार हजार, जान चार हजार खर्च हुन्छ । यहाँ सकेर नगए फिर्ता लाँदा गाडीमा हराउन सक्छ, चोरी हुन सक्छ । बरु साउँमै दिन्छु, यसो गर्दा आफूले किनेको दाम त पाइयो नि ।’

तिहार मनाउनका लागि आर्थिक जोहो गर्न घर परिवार बिर्सेर आएका उनी व्यापार नभएपछि साहुको ऋण कसरी तिर्ने ? घर खर्च कसरी चलाउने भन्ने चिन्तामा छन् । साहुले केही दिँदैनन्, जति महँगोमा बेच्न सक्यो उति हामीलाई राम्रो हो । तर, व्यापार नै नभएपछि के फाइदा ? बुढा अहिले आफूले ल्याएको कपडा छिटो बिक्री गरेर तिहार मनाउन घर जाने तयारीमा छन् । ‘फाइदा भन्दा पनि सबै साउँमा बिक्री भयो भने अरू मलाई के चाहिँदैन’, उनी भन्छन् । न्यूज कारखानाबाट

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  २ : ५३ बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा