१८ वर्षपछि न्युजिल्याण्डलाई भारतले हराउला ? « Khabarhub

१८ वर्षपछि न्युजिल्याण्डलाई भारतले हराउला ?


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टी-२० विश्वकपको दोस्रो खेलमा भारतले आज न्युजिल्याण्डको सामना गर्दैछ । यी दुई टोलीबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज साँझ ७:४५ मा सुरु हुनेछ । दुवै टोलीले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग हार व्यहोरेका थिए ।

त्यसैले यो खेल एक हिसाबले क्वाटरफाइनल जस्तै बनेको छ । विजेता टोलीलाई सेमिफाइनल पुग्ने बाटो सहज हुनेछ भने हार्ने टोलीलाई अन्तिम चारमा पुग्न निकै कठिन हुनेछ । भारतले सन् २००३ यता न्युजिल्याण्डविरुद्ध कुनै पनि आईसीसी प्रतियोगिता जित्न सकेको छैन । यसकारण आज किवी टीमलाई हराएर भारत इतिहास लेख्न चाहन्छ ।

पछिल्लो एकदिवसीय विश्वकपको सेमिफाइनल (२०१९) र विश्व टेस्ट च्याम्पियनसिपको फाइनल (२०२१) मा भारत न्युजिल्याण्डसँग पराजित भएको थियो । टी-२० विश्वकपमा दुवै टोली दुईपटक आमने सामने भएका छन् भने दुवैपटक न्युजिल्याण्डले जितेको छ ।

पाकिस्तानसँगको खेलमा न्युजिल्याण्डले पहिलो खेलमा ब्याटिङ अर्डरको प्रयोग गरेको थियो । ओपनर डेरिल मिचेल र नम्बर ४ जेम्स निशमले पाकिस्तानविरुद्ध खेलेनन् । यसले टोलीलाई चोट पुर्‍यायो । डेथ ओभर आइपुग्दा उनको क्रिजमा कुनै ठूलो फिनिसर थिएन । र हारको सामाना गर्नु परेको थियो ।

भारतका लागि हार्दिक पाण्ड्या फेरि खेलमा फर्किएका छन् । उनले चोटका कारण पाकिस्तानविरुद्ध फिल्डिङ गरेका थिएनन् । यससँगै कुनै एक बलरको दिन खराब भयो भने समस्या कम हुन्छ ।

न्युजिल्याण्डका अनुभवी खेलाडी मार्टिन गुप्टिलले बायाँ खुट्टाको औंलामा चोट लागेपछि पाकिस्तानविरुद्धको खेलमा फिल्डिङ गरेका थिएनन् । तर, भारतविरुद्ध उनले खेल्ने अपेक्षा गरिएको छ । जस कारण यी दुई टीमबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

भारत भर्सेस न्युजिल्यान्ड : रेकर्ड र हेड टु हेड

१.भारत र न्युजिल्याण्डबीच हालसम्म कुल १६ वटा टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् र दुवै टोलीले ८-८ खेल जितेका छन् ।

२.टी-२० विश्वकपमा न्युजिल्याण्ड भारतभन्दा अगाडि देखिन्छ। किवी टोलीले यस प्रतियोगितामा भारतलाई दुई पटक पराजित गरेको छ ।

३.रोहित शर्माले न्युजिल्याण्डविरुद्धको खेलमा भारतका लागि सबैभन्दा बढी ३३८ रन बनाएका छन् ।

४.कप्तान केन विलियम्सनले भारतविरुद्धको खेलमा न्युजिल्याण्डका लागि सबैभन्दा बढी ३२५ रन बनाएका छन् ।

५.किवी टोलीबाट इश सोधीले भारतविरुद्धको टी-२० खेलमा १७ विकेट लिएका छन्।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ३ : २२ बजे

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको