आर्थिक विकासका राजनीतिक स्थिरता अपरिहार्यः सीएनआई | Khabarhub Khabarhub

आर्थिक विकासका राजनीतिक स्थिरता अपरिहार्यः सीएनआई


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उद्योगी व्यवसायीहरुको छाता सङ्गठन नेपाल उद्योग परिसङ्घ (सीएनआई) ले देशको आर्थिक विकासका लागि राजनीतिक स्थिरता र नीतिगत सुधार अपरिहार्य भएको जनाएको छ ।

सीएनआईका अध्यक्ष विष्णुकुमार अग्रवालले मुलुकको अर्थतन्त्रको विकासका लागि औद्योगिकीकरण अपरिहार्य रहेको र सोका लागि समयसापेक्ष नीतिगत सुधार गरिनुपर्ने बताए ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिसँग आज समसामयिक विषयको छलफलका क्रममा अध्यक्ष अग्रवालले देशको अर्थतन्त्रको विकासका लागि राजनीतिक स्थिरता चाहिने बताए ।

उनले भने, ‘नीतिगत स्थिरता नहुँदा औद्योगिकीकरण र अर्थतन्त्रको प्रवद्र्धनका लागि समस्या भइरहेको छ, त्यसैले औद्योगिकीकरण अर्थतन्त्रको गुरु मन्त्र भएकाले यसले अर्थतन्त्र बढ्नाका साथै पूँजी पनि वृद्धि हुनेछ ।’

अध्यक्ष अग्रवालले कोभिडपछि अर्थतन्त्रका केही क्षेत्रमा अवस्था सामान्य बन्दै गएको भए पनि अझै एयरलाइन्स, होटेल आदि व्यवसायमा असहज परिस्थिति रहेकाले अर्थतन्त्रको विकासका लागि चुनौती रहेको औँल्याए ।

सीएनआईका निवर्तमान अध्यक्ष शतिशकुमार मोरले मुलुकको राजनीतिक अस्थिरताले अर्थतन्त्रलाई नकारात्मक असर पार्नसक्ने खतरा औँल्याउँदै समयसापेक्ष नीतिगत सुधार गरेर अर्थतन्त्रलाई गतिशील बनाउन जरुरी भएको उल्लेख गरे ।

सेजनका अध्यक्ष जनार्दन बरालले आर्थिक क्षेत्रको प्रवद्र्धन तथा आर्थिक पत्रकारहरुको दक्षता अभिवृद्धिका लागि दुवै संस्थाले सहकार्य गरेर अघि बढ्नु सकिने धारणा राखे ।

 

 

 

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ४ : ३७ बजे

बालुवाटार बैठक- युवालाई आशा जगाउने कार्यक्रम ल्याउन सुझाव

काठमाडौं– सत्तापक्षीय राजनीतिक दलको आजको बैठकमा लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढीकरण

रेशम पक्राउ पर्दा देखिइनन् रञ्जिता

काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ

म्याग्दीमा पशुपालन गर्नेको संख्या घट्दै

म्याग्दी–  वैदेशिक रोजगारी, युवा पुस्तामा पशुपालनप्रति आकर्षण नहुनुलगायत कारणले पछिल्लो समय

भारत– पाक मिडियामा युद्धको सन्त्रास

काठमाडौं – भारतीय सञ्चार माध्यम र पाकिस्तानी सञ्चार माध्यमहरूले भारत

रेशम चौधरी पक्राउपछि भाँडियो जनमत-नाउपाको एकीकरण 

काठमाडौं– जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीचको एकीकरण कार्यक्रम स्थगित