न्यायालयको संकट समाधान नगरी प्रधानमन्त्री विदेश भ्रमणमा जानु देशकै बेइज्जत : पूर्वराष्ट्रपति यादव (भिडियो) « Khabarhub

न्यायालयको संकट समाधान नगरी प्रधानमन्त्री विदेश भ्रमणमा जानु देशकै बेइज्जत : पूर्वराष्ट्रपति यादव (भिडियो)


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व राष्ट्रपति डा. रामवरण यादवले न्यायालयको संकट समाधान नगरी प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणमा गएर देशको बेइज्जत गरेको टिप्पणी गरेका छन् । देशमा संकट रहेका बेला त्यसलाई समाधान नगरी विश्वका सामू देशको बेइज्जत गरेको उनको भनाइ छ ।

उनले भने, ‘आज संसारको सामुन्य न्यायालयको अवस्था यस्तो छ । तर, सम्माननीय प्रधानमन्त्री बेलायत जानु भएको छ । तर आज बेलायतको सामुन्ने संसारसामु न्यायालयको यो अवस्था छ । यस्तो अवस्थामा हामी संसारको सामुन्ने टाउको देखाउन सक्छौं ?’

आइतबार बीपी विचार राष्ट्रिय समाजद्वारा लिखित बीपी विचार नीति, सिद्धान्त र व्यवहार नामक अनुसन्धानमुलक ग्रन्थको लोकार्पण गर्दै पूर्वराष्ट्रपति यादबले प्रधानन्यायाधीश विवादमा तानिदा सर्वोच्च अदालतको स्थिति डामाडोल भएको बताए ।

डा. यादवले सरकारले यस्तो अवस्थमा समस्या समाधानका लागि अग्रसरता लिनुपर्नेमा त्यस्तो हुन नसकेको बताए । उनले कानूनविद्, संविधानविद्हरुसँग सल्लाहा गरेर भए पनि सरकारले विवाद समाधान गर्नुपर्ने उनको सुझाव छ । उनले यो प्रकरणमा दलहरु पनि मुकदर्शक भएको प्रतिक्रिया दिए ।

पूर्वराष्ट्रपति यादवले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा एक्लिँदा पनि किन राजीनामा दिँदैनन् भन्दै दलहरुमाथि प्रश्न गरे । उनले भने, ‘न्यायालयमा सारा न्यायाधीशहरू एकातिर छ । बुद्धिजीविहरु एकातिर छ । संविधानविद्हरु, कानुनविद्हरु एकातिर छ । यस्तो अवस्थामा प्रधानन्यायाधीश भन्छन कि म छोड्दिन ।’

उनले प्रधानन्यायाधीश राणा एक्लै पनि इजलासमा बस्नुलाई आश्चार्यजनक भएको बताए । उनले भने, ‘केही नभए पनि एक्लै बेञ्चमा बस्छ । कसको तागतमा ? तर पनि कि आजसम्म पोलिटिकल पार्टीहरुले उनीहरुको त कुरा छोडिदिऊँ । सरकार देशको प्रतिनिधि हो । ट्रयाक टू डिप्लोमेसीबाट न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर ती समस्यालाई हल गर्नु पर्दैन ? कानुनमन्त्री जसले ल्याण्ड गर्न सक्दैन ?’

फरक प्रसंगमा पूर्वराष्ट्रपति यादवले लोकतन्त्रको माध्यमबाट आएको नेपालको संविधान लोकतान्त्रिक, गणतान्त्रिक, समावेशी र धर्मनिरपेक्ष रहे पनि दुई पटक संसद भंग गरेर जनताको सार्वभौम संस्थालाई हत्या गर्ने काम गरेको आरोप लगाए । संविधान राम्रो छ भनेर बीपी विचार राष्ट्रिय समाजले व्यापक छलफल, अध्ययन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

उनले नेपालमा राजनीति गर्नेहरुले राष्ट्र, राष्ट्रियता समाजबाद र प्रजातन्त्र बुझ्नका लागि बीपीको जीवन दर्शन अध्ययन गर्न आवश्यक रहेको धारणा राखे । बीपीलाई अलग गरेर कांग्रेसलाई बुझ्न नसकिने भन्दै अहिले कांग्रेसको अवस्था नाजुक रहेको बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ६ : ३७ बजे

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण