रेमिट्यान्स पठाउन एनआईसी एसिया र ट्रान्सक्यासबीच व्यावसायिक सम्झौता « Khabarhub

रेमिट्यान्स पठाउन एनआईसी एसिया र ट्रान्सक्यासबीच व्यावसायिक सम्झौता


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभिन्न मुलुकबाट नेपालको जुनसुकै स्थानमा रेमिट्यान्स रकम तुरुन्त पठाउन सकिने गरी एनआईसी एसिया बैंक र ट्रान्सक्यास इन्टरनेसनल (आइपे) बीच व्यवसायिक सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले र ट्रान्सक्यास क्षेत्रीय निर्देशक आकृति लामिछानेले हस्ताक्षर गरेका छन् ।

मलेसिया, जापान, हङकङ, सिङ्गापुर, न्युजिल्यान्ड, अस्ट्रेलिया, दक्षिण कोरिया, अमेरिका, बेलायत र मध्यपूर्व (गल्फ) का विभिन्न देशहरूबाट नेपालीहरूले बिना झन्झट आईपेका एजेन्टहरू, मोबाइल एप तथा वेबसाइटमार्फत एनआईसी एसिया बैंक तथा नेपालका अन्य कुनै बैंक खातामा तुरुन्त रेमिट्यान्स रकम पठाउन सक्ने जनाइएको छ ।

यसअतिरिक्त विदेशबाट आफूले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाउन सकिनेछ । त्यस्तो रकम एनआईसी एसिया बैंकका सबै शाखा, विस्तारित काउन्टरहरू र १२ हजारभन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सहजरूपमा बुझन सकिने पनि जनाइएको छ ।

यस व्यावसायिक सम्झौताबाट विदेशमा कमाएको रकम देशभर पठाउन सकिने बैंकले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

डिजिटल बैंकिङ आत्मसात गर्दै आएको एनआईसी एसिया बैंकले रेमिट्यान्स कारोबार समेत डिजिटलमैत्री बनाउँदै लैजाने क्रममा मोबाइल बैंकिङ एपमा आन्तरिक रेमिट्यान्स पठाउने तथा रेमिट्यान्स प्राप्त गर्न मिल्ने नवीन सुविधाको सुरुवात गरेको विज्ञप्तिमा जनाइएको

मुलकभर एनआईसी एसिया बैंकका ३५६ शाखा कार्यालय, ४७३ एटीएम, ७० वटा विस्तारित काउन्टर छन् । यसैगरी, ८१ वटा शाखारहित बैंकिङ सेवा पनि छ ।

एनआईसी एसिया बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको विज्ञप्तिमा जनाइएको छ ।

हालसम्म २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता, ९१ हजारभन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजारभन्दा बढी खाताहरू रहेको पनि जनाइएको छ ।

एनआईसी एसिया बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब २ अर्ब ८३ करोड रुपैयाँ राजस्व बुझाएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले जनाएका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ६ : ५४ बजे

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक