‘ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र स्टक एक्सचेन्जमा सूचीकृत « Khabarhub

‘ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र स्टक एक्सचेन्जमा सूचीकृत


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ज्योति विकास बैंकद्वारा निष्काशित १ एक अर्ब ५० कोड रुपैयाँ बराबरको ‘९ प्रतिशत ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएको छ ।

आइतबार एक कार्यक्रमबीच उक्त ऋणपत्र सूचीकरण गर्ने सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र नेपाल स्टक एक्सचेन्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले हस्ताक्षर गरे ।

बैकद्वारा आइतबार जारी विज्ञप्तिअनुसार सम्झौतापछि उक्त ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

सूचीकरण भएको ऋणपत्र धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार सुरु हुने जनाइको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार बैंकले एक हजार रुपैयाँ अंकित दरका १५ लाख कित्ताले हुन आउने ‘ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र ९ प्रतिशत वार्षिक ब्याजदरले अर्धवार्षिक रूपमा ब्याज भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि निष्काशन गरेको थियो ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर र ६१ वटा एटीएममार्फत सेवा दिइरहेको छ।

 

 

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ६ : ५८ बजे

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति

विश्व यात्रा गरेको ‘अलोका’ भिक्षुहरूसँगै नेपाल आइपुग्यो, शान्ति यात्राको प्रतीक बन्दै

काठमाडौं- कुनैबेला भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको एक कुकुर अहिले