ज्यान गुमाएका परिवारको घरैमा पुगेर राहत वितरण « Khabarhub

ज्यान गुमाएका परिवारको घरैमा पुगेर राहत वितरण


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– कात्तिकको २ र ३ गते अविरल रूपमा परेको वर्षाका कारण गएको पहिरोमा परेर ज्यान गुमाउनेको परिवारलाई घरैमा पुगेर राहत दिइएको छ ।

बाढीपहिरोका कारण ज्यान गुमाउनेको परिवारलाई जिल्ला प्रशासन कार्यालय इलामले घर–घरमा पुगेर राहत रकम प्रदान गर्दैछ । शनिबार जिल्ला प्रशासन कार्यालयले पहिरोमा पुरिएर ज्यान गुमाएका सात जनाको तीन परिवारलाई घरैमा गएर चेक दिएको हो ।

फाकफोकथुम गाउँपालिकाको–१ ठिङ्गेपुरका २१ वर्षकी टिना शेर्मा र १४ वर्षका आइतबहादुर राईको परिवारलाई दुई–दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरिएकोछ । टिना शेर्माको बाबु नरबहादुर शेर्मा र आइतबहादुर राईको बाबु जर्गबहादुर राईलाई चेक प्रदान गरिएको हो ।

राई र शेर्माको कच्ची भान्सामा बसिरहेको बेला माथिबाट आएको पहिरोले पुरिएर मृत्यु भएको थियो। सो पहिरोमा चार जना परेका थिए, दुई जनालाई भने स्थानीयले उद्धार गरेर बचाएका थिए ।

त्यस्तै फाकफोकथुम गाउँपालिका–३ आमचोकको एकै घरमा पहिरोले पुरेर ज्यान गुमाएका तीन जनाको परिवारलाई चार लाख रुपैयाँ राहत प्रदान गरिएको छ । राहत रकम श्रीमान् कटुवालले बुझेका थिए ।

घरमाथिबाट आएको पहिरोले का ८६ वर्षे नैनसिंह कटुवाल, १५ वर्षीया निशाना कटुवाल र १२ वर्षे निश्चित कटुवालको मृत्यु भएको छ । सोही पहिरोमा परेर ७५ वर्षीया रणजता थापाको समेत मृत्यु भएको थियो । थापा नैनसिंह कटुवालको बहिनी हुन् ।

उनको भने कागजात पुरा गरेपछि राहत वितरण गरिने प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए । पहिरोमा ६ जना परेका थिए । घरको माथिल्लो तलामा सुतेका एक जना उछिट्टिएर पहिरो बाहिर परेकी थिइन भने एक जनाको भने स्थानीयले उद्धार गरेका थिए ।

बाँसको झ्याङ सहित झरेको पहिरोले ढुङ्गा माटोले बनेको दुईतले घर पुरै नष्ट गरेको छ । विपदमा परेकाहरूलाई आवश्यक परेकै बेलामा राहत उपलब्ध गराउन घरघरै पुगेको प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।

‘पहिरोले आफन्त गुमाएका परिवार अहिले उनीहरूको काजक्रियामा बसेका छन्, उनीहरूलाई यही बेला थप खर्च आवश्यक छ’, प्रजिअ खड्काले भने, ‘सरकारले उपलब्ध गराएको राहत रकम आवश्यक परेकै बेलामा दिँदा पीडितले राहत महसुस गर्छन् ।’

यसअघि जिल्ला प्रशासन कार्यालयले देउमाई नगरपालिकाको एक परिवारलाई समेत दुई लाख रुपैयाँको चेक राहत स्वारुप उपलब्ध गराइसकेको छ । देउमाई नगरपालिका–४ की ४७ वर्षकी सरिता आचार्यको परिवारलाई दुई लाख रुपैयाँ प्रदान गरिएको थियो ।

आचार्यको परिवारलाई देउमाई नगरपालिकाले समेत थप ५० हजार रकम उपलब्ध गराइएको नगरप्रमुख सूर्य पोख्रेलले जानकारी दिए । बाढी पहिरोका कारण इलाममा १५ जनाको मृत्यु भएको छ । न्यूजकारखाना

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ७ : ५० बजे

गृहमन्त्री गुरुङसँग हिन्दू सम्राट सेनाले गर्‍यो १३ बुँदे सहमति

जनकपुरधाम – गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १७ गते आइबार सन् २०२६

आज २०८३ साल साउन १७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १७ गते आइबार सन् २०२६

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई