अवैध औषधिसहित दुईजना चिनियाँ नागरिक पक्राउ « Khabarhub

अवैध औषधिसहित दुईजना चिनियाँ नागरिक पक्राउ


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभामा अवैध औषधिसहित दुईजना चिनियाँ नागरिक पक्राउ परेका छन्। जङ फुइन र उ छिनग्लिन नाम गरेका दुई चिनियाँ नागरिकलाई संखुवासभा प्रहरीले पक्राउ गरेको हो।

संखुवासभा खाँदवारी नगरपालिका ९ तुम्लिङटारमा रहेको बुद्ध होटल एण्ड लजमा अवैध रुपमा भन्सार राजश्व छली ल्याएको औषधिसहित उनीहरु पक्राउ परेका हुन्।

पीबीओजी नामको कृषि बालीमा प्रयोग हुने औषधि रुद्राक्षको बोटमा छर्कने लुकाइ राखेको भन्ने सूचना पाएपछि विमानस्थलका सुरक्षा गार्ड र संखुवासभाबाट खटिएको संयुक्त प्रहरी टोलीले लजमा छापा मारेको थियो।

कोठामा स्टोर गरी राखेको करिव ८०० के.जी. बराबरको पीबीओजी औषधि भेटिएको प्रहरीले जानकारी दिएको छ।
बरामद भएको औषधिसहित दुई चिनियाँ नागरिकलाई कारवाहीका लागि राजश्व अनुन्धान कार्यालय इटहरी सुनसरी पठाइएको छ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  १० : ०४ बजे

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने